Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार दुईजना मारिएपछि शीप बिल्डिङका लागि परीक्षा दिएका सबैलाई इपिएस परीक्षामा सामेल गराउन आदेश

 दुईजना मारिएपछि शीप बिल्डिङका लागि परीक्षा दिएका सबैलाई इपिएस परीक्षामा सामेल गराउन आदेश


काठमाडौं । प्रहरीले गोली हानेर दुईजना होनहार युवालाई मारेपछी शीप बिल्डिङतर्फ आवेदन दिएका सबैलाई ’म्यानुफ्याक्चरिङ’ क्षेत्रको काममा कोरिया जान आवश्यक कोरियन भाषा परीक्षा (इपिएस)मा सहभागी गराउन उच्च अदालत पाटनले आदेश दिएको छ । पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले आज(शुक्रबार) आन्दोलनरत सबैलाई परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको हो ।

‘निवेदकहरूलाई आवेदन फारम भर्नबाट बञ्चित गर्न मनासिब नहुँदा निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई मंसिर १९ गतेको सूचना बमोजिम पुस २ बाट खुला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाममा उच्च अदालतले अन्तरिम आदेश जारी गरिदिएको छ,’ न्यायाधीश ज्ञवालीले जारी गरेको आदेशमा उल्लेख छ ।

इपिएस परीक्षामा सहभागी हुन नपाएको भन्दै आज बालकुमारीमा प्रदर्शन भएको छ । त्यसक्रममा ग्वार्कोमा इपिएस परीक्षार्थीहरूले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५९६१ नम्बरको गाडीमा आगजनी गरेका थिए । कोरिया जानका लागि ईपीएस परीक्षा दिन फाराम नै भर्न नपाएको आक्रोशमा भएको उक्त आन्दोलनमा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्युसमेत भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया