Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबालकुमारी घटनासम्बन्धमा गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

बालकुमारी घटनासम्बन्धमा गृह मन्त्रालयद्वारा छानबिन समिति गठन


काठमाडौं । गृह मन्त्रालयले बालकुमारी घटनाको छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले आज(शुक्रबार) एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लालमणी आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिमा जिल्ला प्रशासन कार्यालय, ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेका छन् । समितिले तोकिएको समयावधि(सात दिन)भित्र उक्त घटनाका सम्बन्धमा छानविन गरी सत्यतथ्य पत्ता लगाउन छ ।

साथै, मन्त्रालयले बालकुमारीस्थित ईपीएस कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर जम्मा भएका व्यक्तिहरुको प्रदर्शन, अवरोध, तोडफोड, आगजनी तथा आर्थिक, भौतिक एवं मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

कोरिया जानका लागि ईपीएस परीक्षा दिन फाराम नै भर्न नपाएको आक्रोशमा आज भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया