म्याग्दीको मालिका हत्या घटना ! मृत्युको सङ्ख्या दुई पुग्यो
म्याग्दी, म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आज दिउँसो भएको घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । धारिलो ढुङ्गा (छपनी) प्रहार हुँदा गम्भीर घाइते भएकी मालिका–७ बिमकी सात वर्षीया प्रियङ्का गर्बुजाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा अपराह्न मृत्यु भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए।
“प्रियङ्काकी हजुरआमा ७० वर्षीया मनिषा गर्बुजाको मालिका–७ को लुरवाङस्थित घटनास्थलमै ज्यान गएको थियो”, उनले भने , “हेलिकोप्टरबाट पोखरा लगिएकी प्रियङ्कालाई पनि चिकित्सकले मृत घोषणा गरेका छन् ।” चिर्पट प्रहार हुँदा घाइते भएकी ६६ वर्षीया अमृता जुग्जालीको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले जुग्जाली खतरामुक्त भएको बताएका प्रनाउ कुँवरले जानकारी दिए।
हजुरआमालाई दरवाङ–मराङ सडकमा रगताम्मे देखेपछि बचाउन गएकी प्रियङ्काको टाउकोमा छपनी प्रहार भएको थियो । प्रियङ्काका भाइ प्रिन्स भने घरको खाटमुनि लुकेर ज्यान बचाएका थिए । मनिषाका छोरा र बुहारी खेतमा काम गर्न गएका समयमा घटना भएको थियो ।
लुरवाङको माथि जङ्गलमा घाँस काट्दै गरेका अमृता र अर्का एक जना महिलामाथि पनि चिर्पट प्रहार भएको थियो । प्रतिकार गर्ने क्रममा अमृता घाइते हुनुभएको हो । बिम तल्लो गाउँ नजिकै एक ट्याक्सी पनि तोडफोड भएको स्थानीयले बताएका छन् ।
हत्या र आक्रमणमा संलग्न भएको आरोपमा मालिका–७ बिमवाङबाट स्थानीयले एक जना मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । “एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ”, प्रनाउ कुँवरले भन्नुभयो, “विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको छ । आइतबार तथ्यसहित सबै विवरण र ती व्यक्तिलाई सार्वजनिक गर्छौँ ।” मृतकको शव परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको छ ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सुजल डेरीको रस बदाम ड्रिङ्क बजारमा
- नबिल बैंकको प्रमुख कार्यकारीमा पुन: ढुंगाना
- नेपाल लाइफ क्यापिटलको सीईओमा घिमिरे
- महिला सशक्तीकरणका लागि लक्ष्मी सनराइज बैंकको शिक्षित लक्ष्मी पहल
- समृद्धि फाइनान्सद्वारा विपन्न विद्यार्थीलाई स्टेसनरी वितरण
- बागमती प्रदेश सरकारले आ.ब.८१/०८२ मा परिणाममुखी बजेट ल्याउने
- आन्तरिक विवाद समाधानका लागि राप्रपाले गर्यो बैठक आह्वान
- सदनमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने विपक्षी दलको निर्णय
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया