Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवर्षमान पुन प्रधानमन्त्रीको स्वघोषित राजनीतिक सल्लाहकारको रुपमा जानुको भित्री रहस्य

वर्षमान पुन प्रधानमन्त्रीको स्वघोषित राजनीतिक सल्लाहकारको रुपमा जानुको भित्री रहस्य


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएपछि उनको कुर्सीमा बहालवाला सांसद वर्षमान पुन गएर बस्नेगरेको पाइएको छ ।

पुनलाई प्रधानमन्त्री प्रचण्डले नियुक्त गरेको नभई उनी आफैँ प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा गएर प्रमुख राजनीतिक सल्लाहकारको कुर्सीमा बस्नेगरेका हुन् । हरिबोल गजुरेलले प्रमुख रानजीतिक सल्लाहकारबाट राजीनामा दिएपछि पुन स्वघोषित राजनीतिक सल्लाकार भएर सो कुर्सीमा हरेक दिन गएर बस्नेगरेका हुन् । गजुरेल प्रमुख राजनीतिक सल्लाहकार बनेकै बेला पनि पुनले सल्लाहकारको भन्दा माथि गएर आफ्नो भूमिका देखाउन थालेपछि गजुरेलले बाध्य भएर राजीनामा दिएका थिए । अहिले गजुरेल बाहिरिएपछि पुनलाई झनै सजिलो भएको छ ।

राजनीतिक सल्लाहकारमा नियुक्ति नै नभई उनी प्रधानमन्त्री कार्यालयमा गएर बस्नुको उद्देश्य भने फरक छ । सुनकाण्डको सुरुवात भएसँगै वर्षमान पुनको समेत नाम जोडिएको थियो । एक सय किलोभन्दा बढी सुन तस्करीमा चिनियाँमूलका बेल्जियम नागरिक दावा छिरिङ पक्राउ परेसँगै उनीसँग निकट सम्बन्ध रहेको वर्षमान पुन तथा उनको परिवारको पारिवारिक सम्बन्ध सार्वजनिक भएको थियो ।

रोल्पाकी अमला रोकासँग बिहे गरेका छिरिङले उनैमार्फत पुन हुँदै उच्च राजनीतिक पहुँच बनाएका थिए भने पुनकै सहयोगमा छिरिङले नेपालमा सुन तस्करी गर्ने विभिन्न च्यानलहरु बनाएको आरोप लागेको थियो ।

छिरिङसँगको सिधा सम्पर्कमा रहेका पुनको नजिकका आफ्ना मान्छेहरु सबै समातिएपछि यस विषय पार्टी, संसद्लगायतमा प्रश्न उठ्ने तथा सुन तस्करी काण्डहरुबाट जोगिँदै आफ्ना नजिकका मान्छेहरुलाई छुटाउन पहल गरी ‘सेफल्यान्डिङ’को लागि पुन प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको कुर्सीमा गएर दिनहुँ बस्नेगरेको स्रोतले बताएको छ ।

३२ सिटसहित सरकारको नेतृत्वमा आएका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई आफ्नो यो कार्यकाल देशको विकास निमार्णमा भन्दा पनि आफ्नै पार्टीका नेताहरुको विभिन्न काण्डहरु सच्याउने र लुकाउने कार्यमा नै समय बिताउनुपरेको छ ।

माओवादीमा काण्डै काण्डको सुरुवात पूर्वसभामुख समेत रहेका नेता कृष्णबहादुर महराबाट सुरु भएको थियो । बलात्कार आरोपमा पक्राउ परेका उनी काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएर छुटेपछि पनि महराले तस्करीको सुन छुटाउन दबाब दिएको भनेर सार्वजनिक भएको थियो भने उनका छोरा राहुल महरा सुनकाण्डमा परेसँगै अहिले जेलमा छन् ।

त्यस्तै सुन तस्करीमा पक्राउ पर्ने भएसँगै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले आफूले प्रयोग गर्दै आएको मोबाइल नै ‘फरम्याट’ गरेर सीआईबीमा गएको सार्वजनिक भएको थियो । पुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा समेत मुछिएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया