Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक शिक्षामा ६६ अर्ब ६४ करोड खर्च

वैदेशिक शिक्षामा ६६ अर्ब ६४ करोड खर्च


काठमाडौं । शिक्षाको नाममा विदेशिने रकम हरेक वर्ष बढ्दै गएको छ । चालू आर्थिक वर्षको सात महिना (साउनदेखि माघ)सम्म वैदेशिक शिक्षाका लागि नेपालबाट ६६ अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको छ । गतवर्ष यही अवधिमा ४३ अर्ब ७४ करोड रुपैयाँ वैदेशिक शिक्षाका लागि बाहिरिएको थियो । गतवर्षभन्दा यस वर्ष २२ अर्ब ९० करोड रुपैयाँ बढी पैसा शिक्षाका नाममा विदेश गएको छ ।

वैदेशिक शिक्षामा मात्रै होइन विदेश भ्रमणमा जानेले गर्ने खर्च पनि विगतमा भन्दा बढ्दै गएकोे देखिन्छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार यस आर्थिक वर्षको सात महिनामा विदेश भ्रमणमा जाने नेपालीले ३८ अर्ब ११ करोड रुपैयाँ खर्च गरेका छन् । यो गतवर्षको सोही अवधिको तुलनामा ११ अर्ब ९६ करोड रुपैयाँ बढी हो । गत आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म विदेश भ्रमणमा नेपालीले गरेको खर्च २६ अर्ब १५ करोड रुपैयाँ थियो ।

वैदेशिक भ्रमण र शिक्षामा भएको खर्च समग्रमा ४४ दशमलव पाँच प्रतिशतले बढेको छ । सात महिनामा एक खर्ब चार अर्ब ७५ करोड रुपैयाँ वैदेशिक शिक्षा र भ्रमणमा खर्च भएको देखिन्छ । गतवर्षको सोही अवधिमा भ्रमण व्यय शीर्षकमा ६९ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको थियो ।

चालू आर्थिक वर्षको सात महिनामा सेवा आय ३७ अर्ब २६ करोड रुपैयाँले घाटा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सेवा आय ४४ अर्ब ३६ करोड रुपैयाँले घाटामा थियो ।

चालू आर्थिक वर्षको सात महिनामा पर्यटकले नेपालमा गरेको खर्च (भ्रमण आय) ४४ दशमलव पाँच प्रतिशतले वृद्धि भई ४५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३१ अर्ब ४१ करोड रुपैयाँ थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया