जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै
काठमाडौं । ट्राफिक नियम उल्लङ्घनबापत जरिवाना तिर्न सेवाग्राहीलाई ट्राफिक कार्यालयसम्म पुग्नुपर्ने बाध्यता बिस्तारै हट्दै गएको छ । ट्राफिक प्रहरीले प्रविधियुक्त प्रणाली प्रयोगमा ल्याएसँगै अभिलेख संकलन गरी कारबाही गर्न सहज भएको जनाएको छ ।
ट्राफिक नियम उल्लङ्घन र ट्राफिक जरिवाना भुक्तानीसम्बन्धी प्रणाली प्रयोगमा आएपछि उक्त झन्झटबाट सेवाग्राही मुक्त हुँदै गएका हुन् । उक्त प्रणालीमार्फत ट्राफिक प्रहरीले विभिन्न ट्राफिक नियम उल्लङ्घन गरेबापत जारी गर्ने चिट र कारबाहीको विवरण अभिलेखमा राख्दछ । कति जरिवाना तिर्नुपर्ने हो यस प्रणालीले स्वचालित रूपमा निर्धारण गर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए । पटके कसुरको विवरण पनि यस प्रणालीले आफैं हिसाब राख्ने उनले बताए ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले नेपाल प्रहरी कार्ययोजना, २०८० ले व्यवस्था गरेको प्रविधिमैत्री सेवाको संस्थागत विकास गर्ने लक्ष्यअनुरूप आधुनिक प्रविधिको प्रयोगमार्फत प्रहरी सेवालाई थप चुस्त बनाउन उक्त प्रणाली महत्वपूर्ण बनेको बताए । हालसम्म ४५ जिल्लामा यो प्रणाली कार्यान्वयनमा आएको छ । प्रणालीले ट्राफिक जरिवाना असूल गर्न र सेवाग्राहीलाई झन्झटमुक्त सेवा प्रदान गर्न सहजीकरण गर्ने अपेक्षा प्रहरीले गरेको छ । धेरै अघिदेखि सुरु गरिएको टीभीआरएस प्रणाली समयानुकूल परिमार्जन गर्दै आर्थिक वर्ष २०७६/७७ देखि हालको अवस्थामा काठमाडौं उपत्यकामा उक्त प्रणाली सञ्चालनमा आएको हो ।
आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म ३१ लाख ४७ हजार नौ सय ५३ वटा ट्राफिक नियम उल्लङ्घनका घटना यस प्रणालीमा दर्ता भएका छन् । जसबाट कुल दुई अर्ब ३३ करोड दुई लाख २८ हजार नौ सय ६४ रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । टीभीआरएस प्रणालीको विकास र अनुगमन नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयले गर्दै आएको छ ।
ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था नियमावलीअनुसार विभिन्न नियम उल्लङ्घन गर्ने व्यक्तिलाई जरिवाना तथा कारबाही गर्छ । कारबाहीमा परेका व्यक्तिको चिट नम्बर र लाइसेन्स नम्बर, ब्लु बुक, नाम र अन्य विवरण इन्ट्री गरिन्छ । कारबाहीमा परेका व्यक्तिले अनलाइनमार्फत वा सम्बन्धित राजस्व खाता भएको बैंकको शाखामा गई जरिवानाबापतको राजस्व रकम भुक्तान गर्न सक्नेछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- केराखेतीबाट वार्षिक १४ लाख आम्दानी
- ललितपुरमा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने
- कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरि
- नारायणगढ मुग्लिन सडक मर्मतपछि दुईतर्फी सञ्चालन
- प्रधानसेनापति ट्रफी सुरु
- स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते
- प्रसारणलाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनेगरी कानुनी व्यवस्था गर्ने
- सडक दुर्घटनाको दिगो नियन्त्रणका लागि प्रधानमन्त्रीलाई आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया