Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकतारका अमिर शेखको स्वागतमा सांस्कृतिक भेषभूषामा नेपाली

कतारका अमिर शेखको स्वागतमा सांस्कृतिक भेषभूषामा नेपाली


काठमाडौं । सङ्घीय राजधानी काठमाडौँ कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सिँगारिएको छ । कतारका अति विशिष्ट पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा आउन लागेका थानीलाई स्वागत गर्न सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

कतारी राष्ट्र प्रमुखको स्वागतमा ठाउँठाउँमा सांस्कृतिक भेषभूषा लगाएका नागरिकहरू उपस्थित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ ।

काठमाडौँका विभिन्न सडक चोकमा नेपाल र कतारको झण्डा फहराइएको छ । कतारका अमिरको स्वागतका लागि महानगरपालिकाले सडक सौन्दर्य, सरसफाइ, हरियाली कायम राख्नेदेखि शान्ति सुरक्षामा समेत व्यवस्थापकीय काम गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए । स्वागतद्वारमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिरको तस्बिर अङ्कित ब्यानर राखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया