खराब कर्जा लुकाउन कारागारमा रहेका व्यक्तिको नाउँमा मेगाको कर्जा
काठमाडौं, पुस १६
मेगा बैंक लिमिटेडले कारगारमा रहेका व्यक्तिको नाउँमा थप कर्जा स्वीकृत गरेको देखिएको छ । स्रोतका अनुसार बैंकले आफ्नो खराब कर्जा लुुकाउन कारागार चलान भएकी भुुमादेवी गौतम पौडेलको नाउँमा कर्जा प्रवाह गरेको देखिएको हो । बैंकले ठगीको आरोपमा असार ८ गते कारागार चलान भएकी पौडेलको नाउँमा बैंकले असार १८ गते ८५ लाख रुपैयाँ थप कर्र्जा प्रवाह गरेको हो ।
यसरी कारागार चलान भइसकेका व्यक्तिको नाउँमा कर्जा दिनुको मूलकारण ऋणीबाट नियमितरुपमा ब्याज आएको भन्दै कर्जा नवीकरण गर्नको लागि र खराब कर्जा लुुकाउनको लागि थप ऋण दिएको दाबी स्रोतले गरेको छ । भुुमादेवीसँग सम्बन्धित ऋणमा ब्याज बक्यौता रकम मात्र ८२ लाख एक हजार चार सय ७६ रुपैयाँ ९५ पैसा रहेकै अवस्थामा बैंकले थप ८५ लाख रुपैयाँ ऋण दिएको हो । ‘राष्ट्र बैंकको नियमअनुसार ऋण नवीकरण गर्दा बक्यौता रहेको ब्याज लिनुुपर्ने र १७ दिनको लागि मात्र बैंकले उक्त ऋणलाई किन नवीकरण ग-यो’, बैंक स्रोतले भनेको छ ।
यसैबीच भुमादेवीसँग सम्बन्धित ऋणसँग जोडिएका गुुरुदत्त पौडेल कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्ति रहेको तथ्य पनि खुुलेको छ । मेगा बैंक स्वयंले यही भदौ १६ गते ऋणी ग्लोबल माउन्टेन वेयर र सेन्सेनल लिक्वियर हाउसको नाउँमा चल/अचल सम्पत्ति लिलाम गर्नेसम्बन्धी ३५ दिने सूचना सार्वजनिक गरेको थियो । मेगाले सार्वजनिक गरेको उक्त सूचनामा दुवै कम्पनीका तर्फबाट ऋणीहरु भुुमादेवी गौतम र गुरुदत्त पौडेल देखिएका छन् । यता कर्जा सूचनाले भने गुुरुदत्तलाई वि.सं. २०७६ जेठ २९ गते नै कालोसूचीमा राखेको समेत देखिएको छ । पौडेलसँग सम्बन्धित यो कर्जा प्रकरणमा मेगाले आफ्नो खराब कर्जा लुुकाउन बदनियतपूर्ण रुपमा कालोसूचीमा परेको व्यक्तिलाई समेत कर्जा दिएको यो घटनाबाट पुष्टि भएको छ ।
स्रोतका अनुसार भुमादेवी अदालतले मागेको २५ लाख रुपैयाँ धरौटी तिर्न नसकेपछि जेल चलान भएकी हुन् । उत्तम कुमारको जाहेरीको नेपाल सरकार वादी भएको ठगीसम्बन्धी मुुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशअनुुसार पौडेल जेल चलान भएकी हुुन् । काठमाडौ जिल्ला अदालतका न्यायाधीश धुु्रवराज त्रिपाठीको एकल इजलासले पौडेलसम्बन्धी ठगी मुद्दामा जेल गएकी हुन् । उक्त फैसलाअनुुसार कारागार चलान भएकी पौडेललाई हाल काठमाडौंको नख्खुु जेलमा राखिएको छ ।
ठगीसम्बन्धी उक्त मुुद्दाको फैसलामा भनिएको छ, ‘प्रतिवादीबाट २५ लाख रुपैयाँ नगद, जेथा वा बैंक ग्यारेन्टी धरौटीबापत दिई लिई तारेखमा राख्नुु, प्रतिवादीबाट माग भएबमोजिमको धरौटी दिन नसके वा सो व्यहोराको कागज गराई नियमअनुसार सिधा खान पाउने गरी ऐ. को दफा ८० बमोजिम थुुनुुवा पुर्जी नजिकको कारागार कार्यालयमा थुुनामा राख्न पठाइदिनुु भनी मुुलुकी फौजदारी कार्यविधि संहिता २०७५ को दफा ७९ बमोजिम यो आदेश पर्चा खडा गरिदिएको छ । पौडेललाई बैंकलाई ऋण तिर्न सहज बनाउनकै लागि थप कर्जा दिएको र उक्त कर्जाको सावाँ र ब्याज समेत तिर्न नसकेपछि बैंक स्वयंले वि.सं. २०७५ माघ २२ गते ऋणी विश्वास मल्टिपर्पोस कम्पनीको नाउँमा ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।
भुमादेवीको संलग्नता रहेको ग्लोबल माउन्टेन र विश्वास मल्टिपर्पोस कम्पनीको नाउँमा मेगा बैंकको १५ करोड रुपैयाँ कर्जा फसेको छ । मेगाले ती दुुई कम्पनीको नाउँमा १३ करोड रुपैयाँको ओभर ड्राफट र दुुई करोड रुपैयाँ टर्म लोन समेत गरी १५ करोड रुपैयाँ कर्जा दिएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया