वार्षिक नौ प्रतिशत ब्याजमा दुुई अर्बको नागरिक बचतपत्र बिक्री खुल्ला
काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले वार्षिक नौ प्रतिशत ब्याजमा दुुई अर्ब रुपैयाँको नागरिक बचतपत्रको बिक्री खुल्ला गरेको छ । चालू आर्थिक वर्षभित्र दुुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने योजना अघि सारेको राष्ट्र बैंकले सोही योजनाअनुसार यही माघ २७ गते मंगलबारबाट पाँच वर्षे अवधिको नागरिक बचतपत्र २०८२ ‘क’ (पाँच वर्षे अवधि) को बिक्री खुल्ला गरेको हो ।
राष्ट्र बैंकका अनुसार नागरिक बचतपत्रको खरिद गरिसक्नुुपर्ने अवधि भने फागुन १८ गतेसम्म तोकिएको छ । निष्काशन मिति यही फागुन २५ गते नागरिक बचतपत्रको सावाँ भुक्तानी मिति भने वि.सं. २०८२ फागुुन २५ गते तोकिएको राष्ट्र बैंकले जनाएको छ । आर्जित ब्याजमा ब्याजकर लाग्ने बचतपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुुनेछ ।
बचतपत्र खरिद गर्नको लागि योग्यता पुुगेका सबै नेपाली नागरिकहरुले आवेदन दिनसक्ने जानकारी पनि राष्ट्र बैंकले दिएको छ । खरिद सीमा घटीमा १० हजार रुपैयाँ र बढीमा कुुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्ममा सीमा तोकिएको यो बचतपत्र धितो राखेर राष्ट्र बैंकबाहेकका अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण समेत निकाल्न सकिनेछ । कुुल आन्तरिक ऋणको लक्ष्यअनुसार राष्ट्र बैंकले चालू आवको पहिलो त्रैमासिकमा ५७ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाइसकेको छ भने चालू आवको दोस्रो चौमासिकमा पनि ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने योजना अघि सारेको छ । सोही योजनाबमोजिम नै नागरिक बचतपत्रको बिक्री खुल्ला गर्न लागेको जानकारी राष्ट्र बैंकले दिएको छ ।
चालू आवको दोस्रो चौमासिकमा उठाइने ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋणको लागि राष्ट्र बैंकले १३ अर्ब ५० करोड रुपैयाँबराबरको टे«जरी बिल, ४० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी गरेको छ । यसैगरी चालू आवको तेस्रो चौमासिकमा भने राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ४९ अर्ब ५० करोड रुपैयाँबराबरको टे«जरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्नेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया