Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहासंघका अध्यक्ष गोल्छा र आईएलओ नेपाल कार्यालयका निर्देशक हवार्डबीच भेटवार्ता

महासंघका अध्यक्ष गोल्छा र आईएलओ नेपाल कार्यालयका निर्देशक हवार्डबीच भेटवार्ता


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपाल कार्यालयका निर्देशक रिचर्ड हवार्डले सोमबार महासंघको सचिवालय टेकुमा भेट गरेका छन् । भेटका अवसरमा लगानी प्रवर्द्धन , रोजगारी सिर्जना, सामाजिक सुरक्षाका विषयमा छलफल भयो । उक्त अवसरमा श्रम सम्बन्ध, व्यवसाय प्रवर्द्धन र सामाजिक सुरक्षा योजनाको कार्यान्वयनलगायतका विषयमा सहकार्य गरिने विषयमा चर्चा भयो ।

छलफलका क्रममा महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारीबाट प्रभावितलाई आइसोलेसन लगायतका सुविधा प्रदान गर्न आईएलओबाट प्राप्त आर्थिक सहयोगको लागि धन्यवाद ज्ञापन गरे । साथै उनले महासंघले मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना र सामाजिक सुरक्षा कार्यन्वयनमा प्रतिबद्ध रहेको र सामाजिक सुरक्षाको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकार र ट्रेड युनियनसँग छलफल गर्न तयार रहेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया