Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकिअस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्ने व्यवस्था विस्तार

किअस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्ने व्यवस्था विस्तार


काठमाडौं । ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौँ उपत्यकाको सातवटा ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्था विस्तार गरेको छ ।

यसअघि यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालू भइसकेको र आइतबारदेखि मातहतका महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, कोटेश्वर, गठ्ठाघर, थापाथली, मालीगाउँ र दरबारमार्गमा विस्तार गरेको ट्राफिक प्रहरीले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी परिसर सातदोवाटोमा आयोजित एक कार्यक्रमकाबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्त रूपमा रिबन काटी ‘प्रभु–पेको किअस्क मेसिन’ उद्घाटन गरेका हुन् । सो उद्घाटनपश्चात् सातवटै ट्राफिक कार्यालय सेवा शुभारम्भ भएको छ ।

कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले ट्राफिक नियम उल्लंघन गरेबापत सवारी प्रयोगकर्ताहरूले जरिवाना तिरी आफ्नो कागजपत्रहरू फिर्ता लिन सरल एवं सहज होस् भन्ने उद्देश्यले प्रभु बैंकको सहकार्यमा नयाँ प्रविधि मातहतका सातवटा कार्यालयहरूमा विस्तार गरिएको बताए । ‘किअस्क’ मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गई लाइन बस्नुपर्ने झन्झटबाट मुक्त भई समयको बचत हुने उनले जानकारी दिए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया