Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारी संस्थाको व्यवस्थापन सुधार गर्न उपराष्ट्रपति पुनको आग्रह

सरकारी संस्थाको व्यवस्थापन सुधार गर्न उपराष्ट्रपति पुनको आग्रह


काठमाडौं, माघ २६
उपराष्ट्रपति नन्दबहादुर पुनले विद्यालयसहितका सरकारी संस्थाहरुको व्यवस्थापनमा व्यापक सुधार गर्नुपर्ने खाँचो औँल्याएका छन । नेपाल व्यवस्थापन संघको ३९औं सम्मेलन तथा वार्षिक साधारणसभाको अवसरमा शुक्रबार आयोजित राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान कार्यक्रममा उपराष्ट्रपति पुनले नेपालका सरकारी शैक्षिक संस्थाहरुको गुणस्तर खस्किँदै गएकोमा चिन्ता व्यक्त गरे ।

‘देशभरका विद्यालयमा पाठ्यक्रम समान छ । शिक्षकहरुको न्यूनतम योग्यता उही छ । उही शिक्षा आयोगले लिएको परीक्षा उत्तिर्ण गरेका शिक्षकहरु छन् । तालिमको अवसर पनि समान छन् । विद्यालयको भौतिक संरचना पनि सरकारले समान ढंगले खर्च गरिरहेको छ तर एकै समयमा भएका परीक्षमा नतिजा समान छैन । केही सीमितको नतिजा उत्कृष्ट केहीको सन्तोषजनक भए पनि अधिकांशको निराशा र चिन्ताजनक छ’, उपराष्ट्रपति पुनले भने । उनले शैक्षिक संस्थाबाहेकका सरकारी संस्थाहरुको व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनुपर्ने अवस्था रहेको बताए । उनले सरकारी क्षेत्रमा पनि सुधार सम्भव भएको उदाहरण नेपाल विद्युत् प्राधिकरणले प्रस्तुत गरेको उल्लेख गर्दै हरेक मन्त्रालयले एक वर्षमा एउटामात्र उदाहरणीय काम गर्दा पनि वर्षमा २५/२६ बटा नमूना काम हुनसक्ने बताए ।

उपराष्ट्रपति पुनले हरेक व्यवस्थापकमा ज्ञान, सीप, दक्षता, उत्साह, लगनशीलता र धैर्यता हुनुपर्ने उल्लेख गरे । सरकारी क्षेत्रलाई अब्बल र उत्कृष्ट बनाउन विशेष ध्यान दिन नेपालका व्यवस्थापकहरुसंग उनले आग्रह समेत गरे ।

श्रेष्ठ र खुञ्जेली वर्षका उत्कृष्ट व्यवस्थापक :- पुरस्कार तथा सम्मान कार्यक्रममा वर्षका व्यवस्थापक २०१९ बाट राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई र महिला व्यवस्थापन कदर सम्मान २०१९ वुमन म्यानेजर रिकग्निसन अवार्ड २०१९, बाट मेगा बैंक लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीलाई सम्मानित गरिएको थियो ।

पुरस्कार तथा सम्मानका लागि उपयुक्त व्यक्ति चयन गर्नको लागि नेपाल व्यवस्थापन संघले प्रथम उपसभापति बमबहादुर मिश्रको संयोजकत्वमा प्रा. सुवास के.सी., प्रा.डिल्लीराज शर्मा, उद्योगपति सतिशकुमार मोर (नेपाल उद्योग परिसंघका प्रतिनिधि), उमेशलाल श्रेष्ठ (नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि), संघका महासचिव मोहनकुमार ओझा र संघका प्रमुख कार्यकारी अधिकृत यादव पौडेल सदस्यसचिव रहेको एक पुरस्कार तथा सम्मान छनौट समिति गठन गरको थियो । समितिले खुला सूचनाद्धारा आवेदन मागेर विभिन्न चरणमा मूल्यांकन गर्दे सम्बन्धित व्यक्तिहरुको अन्तरवार्तासमेत लिएर दुवै श्रेणीमा उत्कृष्ट अंक हासिल गर्ने तीन तीन जना व्यवस्थापकको सूची व्यवस्थापन संघको केन्द्रीय समितिसमक्ष पेश गरको थियो ।

फाइनलिष्टको रुपमा वर्षका व्यवस्थापकतर्फ किरणकुमार श्रेष्ठ (राष्ट्रिय वाणिज्य बैंक), चन्द्र टण्डन (सिटी एक्सप्रेस मनि ट्रान्स्फर) र हरिराज शर्मा (अल्फा बिटा) का प्रमुख कार्यकारी अधिकृतहरु पुुगेका थिए भने महिला व्यवस्थापन कदर सम्मान (वुमन म्यानेजर रिकग्निशन अवार्ड) तर्फ अनुपमा खुञ्जेली (मेगा बैंक), अनुपा बुढाथोकी (अनुपा डिष्ट्रिबुसन सिस्टम प्रा.लि) र उमा पाठक (सेनेका एजुकेसनल कन्सल्टेन्सी) पुुगेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x