Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशिखर इन्स्यारेन्सले कर्मचारीको कार्यक्षमता बृद्धिका लागी खेलखुद आयोजना गर्ने

शिखर इन्स्यारेन्सले कर्मचारीको कार्यक्षमता बृद्धिका लागी खेलखुद आयोजना गर्ने


काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीलाई आन्तरिक प्रतिस्प्रधात्मक खेलकुद कार्यक्रम आयोजना गर्ने भएको छ ।

शारिरिक तथा मानसिक स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यका साथ कम्पनीको खेलकुद आयोजना गर्ने भएको हो । कम्पनीको सफलतामा मुख्य भुमिका निर्वाह गर्ने कर्मचारीलाई उत्प्रेरणा प्रदान गर्न खेल कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

कम्पनीले सकेसम्म अधिकतम् कर्मचारीलाई सहभागी गराउन बिभिन्न मरोरञ्जनात्मक खेलहरु तीन खुट्टा दौड, फुटसल, बास्केटबल, मिउजिकल कोन, टग अफ वार र कोन ब्यालेन्स जस्ता खेलहरु समावेस गरेको हो ।

यस्ता कार्यक्रमबाट कर्मचारी कर्मचारी बीचको सम्बन्ध सुमधुर हुने तथा कर्मचारीमा अनुशासन, कडा परिश्रम, आत्म–विश्वास र लगनशीलता लगायतका बिषयमा महत्त्वपूर्ण भूमिका खेल्ने तथा यसले कम्पनीको सफलतमा समेत भुमिका खेल्नेमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले बिश्वास ब्यक्त गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया