सातै प्रदेशको आर्थिक वृद्धिदर बढ्ने
कोभिड–१९ महामारीपछि अर्थतन्त्र सामान्य अवस्थामा जाँदा वृद्धिको सूचक सकारात्मक : विभाग
काठमाडौँ । संघको आर्थिक वृद्धिदर बढ्ने आकलनसँगै यसको प्रभावस्वरुप सातवटै प्रदेशको आर्थिक वृद्धिदर समेत बढ्ने देखिएको छ । चालू आर्थिक वर्षमा कोभिड १९ ले विश्वव्यापी आर्थिक र सामाजिक क्रियाकलपामा पारेको नकारात्मक प्रभावका कारण खस्केको अर्थतन्त्रमा पछिल्लो समय सुधारको संकेत देखा परेसँगै प्रदेशको आर्थिक वृद्धिदर समेत बढ्ने प्रक्षेपण राष्ट्रिय तथ्यांक विभागले गरेको छ । आकलनअनुरुप केही प्रदेशको आर्थिक वृद्धिदर संघभन्दा पनि बढी देखिन्छ । चालू वर्षमा संघको कुल आर्थिक वृद्धिदर पाँच दशमलव आठ प्रतिशत हुने अनुमान छ ।
त्यस्तै, चालू आर्थिक वर्षमा सबैभन्दा बढी आर्थिक वृद्धिद्धर क्रमशः बागमती प्रदेशको छ दशमलव सात प्रतिशत, गण्डकी प्रदेशको छ दशमलव एक प्रतिशत, कर्णाली प्रदेशको पाँच दशमलव चार प्रतिशत, प्रदेश नम्बर १ को पाँच दशमलव चार प्रतिशत, लुम्बिनी प्रदेशको पाँच दशमलव तीन प्रतिशत, सुदूरपश्चिम प्रदेशको चार दशमलव नौ प्रतिशत र मधेश प्रदेशको चार दशमलव आठ प्रतिशत कायम हुने आकलन छ । आर्थिक वृद्धिदरमा मात्र नभई कुल गार्हस्थ्य उत्पादन हिस्सामा समेत बागमती प्रदेश अघि छ ।
विभागका अनुसार चालू आर्थिक वर्ष २०७८÷०७९ को अघिल्ला नौ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचनाहरूका आधारमा तयार गरिएको अनुमानित तथ्यांकअनुसार सबै प्रदेशको आर्थिक क्रियाकलापहरू कोभिड–१९ को महामारीको संक्रमणपछि सामान्य अवस्थातिर फर्किन खोजेको आभास स्पष्टरुपमा देखिएको छ । फलस्वरुप, चालू आर्थिक वर्षमा सबै प्रदेशका कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर गत आर्थिक वर्षको आर्थिक वृद्धिदरभन्दा बढ्ने अनुमान गरिएको विभागले बताएको छ ।
चालू आर्थिक वर्षमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ४८ खर्ब ५२ अर्ब हुने अनुमान गरिएकोमा सबैभन्दा बढी हिस्सा ३६.९ प्रतिशत योगदानसहित बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब १७ खर्ब ९१ अर्ब हुने अनुमान गरिएको छ । सबैभन्दा कम हिस्सा ४.१ प्रतिशतको योगदान कायम गरी कर्णाली प्रदेशको उपभोक्ताको मूल्यमा एक खर्ब ९८ अर्ब हुने अनुमान गरिएको छ । चालू आर्थिक वर्षमा पनि बागमती प्रदेशपछि कुल गार्हस्थ्य उत्पादनमा बढी योगदान पु¥याउने प्रदेशहरूमा क्रमशः प्रदेश १, लुम्बिनी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश पर्दछन् ।
औद्योगिक वर्गीकरणअनुसारको आर्थिक क्रियाकलापहरूलाई हेर्दा गत आर्थिक वर्ष÷यस आर्थिक वर्षमा बागमती प्रदेशबाहेक सबै प्रदेशहरूमा कृषि क्षेत्रको योगदान हिस्सा सबैभन्दा बढी छ भने बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी छ । यसो हुनुमा यस प्रदेशमा बढ्दो सहरीकरण, बढी जनसंख्या, राष्ट्रिय तहका ठूला व्यापारिक कारोबार इत्यादि रहेको विभागको भनाइ छ ।
त्यसैगरी राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्र प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा दोस्रो हिस्सामै कायम छ भने बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार तथा आफ्नै आवासको सेवाको हिस्सा दोस्रो छ । यसैगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र सुरक्षा क्षेत्रको योगदान दोस्रो देखिन्छ । बागमती र मधेश प्रदेशबाहेक सबै प्रदेशहरूको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ ।
बागमती प्रदेश
चालू आर्थिक वर्षमा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब १७ खर्ब ९१ अर्ब हुने अनुमान छ भने गत आर्थिक वर्षका संशोधित अनुमान करिब १५ खर्ब ६८ अर्ब छ । गत आर्थिक वर्षमा राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको ३६ दशमलव सात प्रतिशत हिस्सा ओगटेकोमा यस वर्ष वृद्धि हुने अनुमान छ । कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान २५ दशमलव १ प्रतिशतले थोक तथा खुद्रा व्यापार क्षेत्रको छ भने सबैभन्दा कम योगदान शून्य दशमलव एक प्रतिशतले कला तथा मनोरञ्जन आदि क्षेत्रको छ ।
गण्डकी प्रदेश
चालू आर्थिक वर्षमा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब चार खर्ब ३२ अर्ब हुने अनुमान छ भने गत आर्थिक वर्षका संशोधित अनुमान करिब तीन खर्ब ८० अर्ब छ । गत आर्थिक वर्षमा जस्तै यस प्रदेशले चालू आर्थिक वर्षमा पनि राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा आठ दशमलव नौ प्रतिशत योगदान पु¥याउने अनुमान छ । कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान २६ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान शून्य दशमलव चार प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको छ ।
कर्णाली प्रदेश
चालू आर्थिक वर्षमा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब एक खर्ब ९८ अर्ब हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षको संशोधित अनुमान करिब एक खर्ब ७६ अर्ब रहेको छ । गत आर्थिक वर्षमा जस्तै यस प्रदेशले राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको चार दशमलव एक प्रतिशत हिस्सा ओगट्ने अनुमान छ । कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान ३१.५ प्रतिशतले कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२ प्रतिशतले प्रशासनिक सहयोगी सेवा क्षेत्रको छ ।
प्रदेश १
चालू आर्थिक वर्षमा प्रदेश नम्बर १ को कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा कबि सात खर्ब ६३ अर्ब हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षको संशोधित अनुमान करिब छ खर्ब ७६ अर्ब रहेको छ । यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५ दशमलव सात प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ । कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान ३३ दशमलव एक प्रतिशत कृषि क्षेत्रको (यहाँ कृषि क्षेत्र भन्नाले कृषि, वन तथा मत्स्यपालन समेतलाई जनाउँछ) रहनेछ भने सबैभन्दा कम योगदान शून्य दशमलव चार प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने अनुमान छ ।
लुम्बिनी प्रदेश
चालू आर्थिक वर्षमा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब छ खर्ब ८५ अर्ब हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षका संशोधित अनुमान करिब छ खर्ब चार अर्ब रहेको देखिन्छ । गत आर्थिक वर्षमा राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको १४ दशमलव एक प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आर्थिक वर्षमा पनि सोहि प्रतिशत नै योगदान पुर्याउने अनुमान गरिएको छ । कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान २९ दशमलव चार प्रतिशतले कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान शून्य दशमलव चार प्रतिशतले प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।
सुदूरपश्चिम प्रदेश
चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब तीन खर्ब ३९ अर्ब हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षका संशोधित अनुमान करिब तीन खर्ब एक अर्ब छ । गत आर्थिक वर्षमा जस्तै यस प्रदेशले राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको सात प्रतिशत योगदान पु¥याउने अनुमान गरिएको छ । कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान ३३.५ प्रतिशतले कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.१ प्रतिशतले प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।
मधेश प्रदेश
चालू आर्थिक वर्षमा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब छ खर्ब ४४ अर्ब हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षको संशोधित अनुमान करिब पाँच खर्ब ७२ अर्ब छ । गत आर्थिक वर्षमा राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको १३ दशमलव चार प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले चालू आर्थिक वर्षमा १३ दशमलव तीन प्रतिशत योगदान पु¥याउने अनुमान छ । कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान ३४.३ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२ प्रतिशत खानी तथा उत्खनन क्षेत्रको रहेको छ ।
गत आर्थिक वर्षमा प्रदेशगत आर्थिक वृद्धिदर क्रमशः बागमती प्रदेशको चार दशमलव ५८ प्रतिशत, कर्णाली प्रदेशको चार दशमलव ३४ प्रतिशत, प्रदेश नम्बर १ को चार दशमलव ३४ प्रतिशत, सुदूरपश्चिम प्रदेशको चार दशमलव २४ प्रतिशत, लुम्बिनी प्रदेशको चार दशमलव छ प्रतिशत, मधेश प्रदेशको तीन दशमलव ७७ प्रतिशत, गण्डकी प्रदेशको तीन दशमलव ७३ प्रतिशत थियो ।आर्थिक दैनिक
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नीति तथा कार्यक्रम : गण्डकीका कुन-कुन योजना परे ?
- प्राइम सहकारीकाे एक अर्व ५४ कराेड हिनामिना, अध्यक्ष कार्कीसहित आठ पक्राउ
- नीति तथा कार्यक्रम सकारात्मक स: सत्ता पक्ष
- नीति तथा कार्यक्रम उत्साहप्रद : एमाले
- क्रिकेटर लामिछानको मुद्दा हेर्दाहेर्दैमा
- अदालती समयपछि पनि सन्दीपको मुद्दामा बहस जारी
- प्राइम सहकारी पनि डुब्यो, प्रहरीद्वारा उजुरी आह्वान
- शिक्षकले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया