Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेशलाई नेपाल चेम्बर अफ कमर्सको प्रस्ताव

ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेशलाई नेपाल चेम्बर अफ कमर्सको प्रस्ताव


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेशसँग प्रस्ताव गरेको छ । नेपाल छिट्टै विद्युत् निर्यात गर्नसक्ने हैसियतमा पुग्न लागेको सन्र्दभमा बंगलादेशसँग विद्युत् व्यापारका लागि चेम्बरले आग्रह गरेको हो ।

नेपाल बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा काठमाडौंस्थित बंगलादेशी दूतावासमा शुक्रबार आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपाल, भारत र बंगलादेशबीच भएको विद्युत् व्यापारसम्बन्धी त्रिपक्षी सम्झौताको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमान चौधरीसँग अध्यक्ष मल्लले भने, ‘नेपाल, भारत र बंगलादेशबीच ऊर्जा व्यापारका लागि त्रिपक्षीय सम्झौता भएको छ । यसको प्रभावकारी कार्यान्वयनका लागि तीन देशका ऊर्जामन्त्रीबीच तत्काल परिणाममुखी वार्ता गर्न आवश्यक छ । हामी निजी क्षेत्रबाट पहल गर्छौँ । बंगलादेशको सरकारबाट पनि यसको पहल होस् । नेपाल बंगलादेशलाई विद्युत् बेच्न तयारी अवस्थामा छ ।’ नेपाल कम्तीमा अबको एक वर्षपछि विद्युत् निर्यात गर्नसक्ने हैसियतमा पुग्ने अध्यक्ष मल्लको भनाइ छ । भारतमा हालकै ट्रान्समिसन लाइनबाट कम्तीमा ५० मेवागट विद्युत् निर्यातका लागि तयारी गर्न सकिने र अन्य सेवा सर्तका लागि तीनवटै मुलुकले गृहकार्य गर्नुपर्ने अध्यक्ष मल्लले बताए ।

बंगलादेशमा ऊर्जाको माग उच्च रहेको सन्दर्भमा नेपालबाट निर्यात गर्ने विभिन्न विकल्पमा दुई पक्षीय छलफल भएको थियो । नेपाल, बंगलादेश र भारतबीच ऊर्जा व्यापार सम्वन्धी सम्झौता भएपनि यसको व्यवहारिक कार्यन्वयन हुन सकेको छैन । चेम्बर अध्यक्ष मल्ले विद्युत व्यापारको सहजीकरणसँगै नेपालमा जलविद्युत्मा लगानी गर्न बंगलादेशका राजदूत चौधरीसँग आग्रह गरे । यस्तै नेपालमा साना तथा मझौला उद्योगमा समेत लगानीका लागि नेपाल खुला रहेको र लगानी सुरक्षणका लागि सरकारसँग आफूहरूले पहल गर्ने अध्यक्ष मल्लले बताए । नेपाल चेम्बर अफ कमर्सले आगामी असारमा गर्न लागेको चेम्बर मेलामा बंगलादेश मुख्य साझेदार रहेको छ ।

नेपालका लागि राजदूत चौधरीले नेपालमा उत्पादिन विद्युत् किन्नका लागि बंगलादेश तयार रहेको बताए । उनले भने, ‘अबको केही देशकभित्रै बंगलादेशले ग्रीन इनर्जीलाई प्रोत्साहन गर्नेछ । सोहीअनुसार हाम्रा प्राथमिकताहरू, योजनाहरू बनिरहेका छन् । नेपालको विद्युत् खरिद गर्नका लागि हामी आतुर छौँ ।’

भारतको बाटो भएर विद्युत् खरिद गर्नका लागि आवश्यक प्रक्रिया तत्काल सुरु गर्न आफ्नो देशको सरकारसमक्ष पहल गर्ने राजदूत चौधरीले बताए । यद्यपि अन्य क्षेत्रमा लगानीका लागि नीतिगत सुधारको अपेक्षा गरिएको उनले बताए । नेपालसँग लगानी सुरक्षणसम्बन्धी छुट्टै सम्झौता गर्न पहल गरे पनि परिणाम हासिल हुन नसकेको उनको भनाइ थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया