सुपर लघुवित्तद्वारा नक्कली ऋणी खडा गरी कर्जा दुरुपयोग
काठमाडौं । नेपाल राष्ट्र बैंकले दाङको तुलसीपुरमा लघुवित्तसम्बन्धी कारोबार सञ्चालन गर्दै आएको सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । उक्त संस्थाको २०७८ साल असोज मसान्तको वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र त्यसपछि गरिएको विशेष निरीक्षणबाट उक्त संस्थाको सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्षरुपमा सम्मिलित भई संस्थाको हितविपरीत कार्य गरेको भेटिएको छ ।
उक्त संस्थामा हाल किरण चौधरीको अध्यक्षतामा प्रदेश चौधरी, नरेन्द्र बहादुर चन्द, तारा चौधरी र रामप्रसाद चौधरीसहितको पाँच सदस्यीय सञ्चालक समिति छ भने निमित्त प्रमुख कार्यकारी अधिकृत बुद्धिराम चौधरी, सिनियर म्यानेजर खुसीराम चौधरी, जुनियर अफिसर चेत बहादुर चौधरी र नरेश चौधरीसहितको सञ्चालक तथा व्यवस्थापन समितिले संस्था सञ्चालनको क्रममा गम्भीर त्रुटि गरेको भेटिएको छ ।
राष्ट्र बैंकका अनुसार संस्थाको सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुको मिलेमतोमा संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गर्ने कार्यमा संलग्न भएको देखिएको छ ।
यसबाहेक संस्थाको प्राथमिक पुँजी कोष १० दशमलव ३१ प्रतिशतले ऋणात्मक भएको हुँदा उक्त संस्थालाई २०७८ चैत २ गते बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७५ को विनिमय ३ को खण्ड (क), (ख) र (ग) बमोजिमको कारबाही गरी उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ (ख) बमोजिम समस्याग्रस्त घोषणा गर्न नपर्ने कुनै कारण भए स्पष्टीकरण पेस गर्न निर्देशन दिएकोमा संस्थाले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख को (क), (ख), (ग), (च) र (ञ)को अवस्था विद्यमान रहेकाले उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकको भनाइ छ ।
लुम्बिनी प्रदेश मात्र कार्य क्षेत्र रहेको सुपर लघुवित्तको चुक्ता पुँजी हालको अवस्थामा १९ करोड ५० लाख रुपैयाँ छ । संस्थामा हाल सर्वसाधारण निक्षेपकर्ताहरुको १२ करोड रुपैयाँभन्दा बढी निक्षेप रहेको छ भने संस्थाको कर्जा रकम ६७ करोड ३२ लाख ६८ हजार रुपैयाँ छ । संस्थामा खराब कर्जाको अनुपात पनि निकै उच्च छ । यो घटनाले अन्य कयौँ लघुवित्तको अवस्थाबारे अध्ययन गर्न राष्ट्र बैंकलाई प्रेसर परेको छ । लुघवित्तहरुले कम आए भएका नागरिकलाई वित्तीय सहुलियत दिने दाबी गरे पनि गाउँका सामन्तले भन्दा चर्को ऋणमा लगानी गर्ने गरेका छन् । त्यही कारण लघुवित्तहरुबाट गरिबी निवारणभन्दा पनि गरिबी बढाउन सहयोग पु-याएको आलोचकहरुको भनाइ छ । लघुवित्तहरुले मिलेमतोमा सेयरको मूल्यसमेत बढाउने गरेका छन् । सानो क्षेत्रमा मात्र काम गर्ने र न्यून आए भएका व्यक्तिहरु मात्र उनीहरुको खास ग्राहक हुने भए पनि वाणिज्य बैंकहरुभन्दा बढी चुरीफुरी हुने गरेको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया