आफ्नो प्रदेशमा लगानी गर्न निजी क्षेत्रलाई तीन मुख्यमन्त्रीको आग्रह
काठमाडौं । आफ्ना प्रदेशमा लगानीको प्रचुर सम्भावना रहेको भन्दै तीन प्रदेशका मुख्यमन्त्रीहरूले लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संयुक्तरूपमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनमा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीहरूले आ–आफ्नो प्रदेशमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरेका हुन् ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेश आर्थिक दृष्टिकोणले ठूलो क्षेत्र भएकाले लगानीको प्रचुर सम्भावना रहेको बताए । पशुपतिनाथलगायत धार्मिक तीर्थस्थलदेखि सौराहजस्तो आकर्षक पर्यटन केन्द्र रहेको बताउँदै उनले ७० अर्बको बजेटमध्ये २० अर्ब प्रदेशले नै आम्दानी गर्न सकेको उल्लेख गरे । केन्द्र सरकार तथा कर्मचारीतन्त्रले सहयोग गरे पाँच वर्षभित्र केन्द्र सरकारलाई माग्न नपर्ने गरी बागमती प्रदेशले आम्दानी गर्नसक्ने उनको दाबी थियो । प्रदेशमा दुई सय मेट्रिक टन रासायानिक मल उत्पादन गर्न लागिएको उनले जानकारी दिए ।
केन्द्र सरकारबाट स्वीकृति लिएर विदेशी कम्पनीले मल कारखाना खोल्न लागेको उनले बताए । बिजुलीबाट मल उत्पादन गर्न लागिएको र चारवटा औद्योगिक क्षेत्रका उपयुक्त ठाउँको पाँच बिघा जग्गा दिने योजना भएको उनले सुनाए । यस्तै बागमती प्रदेश सरकारको ३० प्रतिशत साझेदारी र ७० प्रतिशत निजी क्षेत्रको सहभागितामा कृषि औजार कारखाना खोल्न लागिएको मुख्यमन्त्री पाण्डेले बताए ।
सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले लुम्बिनी प्रदेशले २० वटा प्रोजेक्ट तयार गरेको बताउँदै पब्लिक प्राइभेट पाटरनरसिपमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे । केसीले केन्द्र सरकारको समन्वयमा प्रदेश सरकारका संरचना बनाउन लागिएको समेत बताए । प्रदेशको पूर्वाधार विकासका लागि लुम्बिनी पूर्वाधार प्राधिकरण बनाइएको उनले जानकारी दिए । हजारौं प्रोजेक्ट तयारी अवस्थामा रहेको भन्दै उनले निजी क्षेत्रको सहकार्यबाट अघि बढ्न सकिने बताए । जग्गा दिन नसक्ने अवस्था भएपनि बिजुली, सडक, कर छुट दिने उनले प्रतिवद्धता जनाए ।
लुम्बिनीमा १७ वटा सिमेन्ट उद्योग रहेको जानकारी दिदैँ उनले पछिल्लो समयमा निर्यात समेत सुरु भइसकेको बताए । यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशले १० प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको बताए । योजना कार्यान्वयन हुन सके आर्थिक वृद्धि हासिल गर्न कठिन नहुने तर, कोभिडका कारण आर्थिक वृद्धि हासिल गर्न कठिन रहेको उनको भनाइ छ । निजी क्षेत्रको सहकार्यमा २२ वटा प्रदेशस्तरीय गौरबका आयोजना अघि बढाइएको जानकारी दिँदै उनले ८ वटा आयोजनाको निर्माण समेत सुरु भइसकेको बताए । पर्यटन र जलविद्युतमा निजी क्षेत्रलाई आकर्षण गरिरहेको उनको भनाई छ ।
गण्डकी प्रदेश राम्रो प्रदेश रहेपनि अर्थतन्त्रको योगदानमा कमजोर रहेको उनको भनाई थियो । जग्गा प्राप्तीमा असहज हुँदा निजी क्षेत्रको मात्र नभई प्रदेश सरकारको समेत गुनासो रहेको मुख्यमन्त्री नेपालीले बताए । महंगोमा जग्गा किनेर अरु क्षेत्रमा पनि लगानी गर्न निजी क्षेत्रलाई सकस हुने भएकाले जग्गा प्राप्तिमा सहज व्यवस्था गर्नुपर्ने आवश्यक रहेको उनको भनाई थियो । पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई सकस भएपनि हातेमालो गर्न उनले आह्वान गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया