Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौंका मेयरविरुद्ध प्रदर्शन

काठमाडौंका मेयरविरुद्ध प्रदर्शन


काठमाडौं । सामुदायिक भवनलाई डोजर लगाएर भत्काएको विरोधमा शनिबार साँझ काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साह (बालेन)विरुद्ध काठमाडौंको भित्री क्षेत्रमा प्रदर्शन हुनुको साथै उनको पुत्ला बनाएर जलाइएको छ ।

महानगरले शनिबार बांगेमुढामा रहेको सामुदायिक भवन गैरकानुनी रहेको भन्दै डोजर लगाएर भत्काएको थियो । डोजर लगाउँदा महानगर र नेपाल प्रहरी व्यापक परिचालन गरिएको थियो । सो क्षेत्रका समुदायको विविध गतिविधि सञ्चालन गरिने उक्त भवन भत्काएको कारण साँस्कृतिक हमला भएको भन्दै प्रदर्शन भएको हो ।

प्रदर्शनकारीहरुले मेयर साहविरुद्ध नाराबाजी गर्दै उनीहरुले डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवाविरोधी होसियार जस्ता नारा लगाएका थिए । मेयरको साथै स्थानीयले सो भवन रहेको स्थान महानगरपालिका–२५ का वडा अध्यक्ष राजेश डंगोलविरुद्ध पनि नारावाजी गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया