विराटनगर । पूर्वी क्षेत्रका उद्योगीहरूले गहुँको आयात खोल्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । गत आर्थिक वर्षको जेठ महिनादेखि नेपाली खाद्य उद्योगहरूले आयात गर्दै आएको गहुँमा भारत सरकारले निर्यात प्रतिबन्ध लगाएको थियो । त्यसयता सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालनमा रहेका फलोर मिलहरू सङ्कटमा परेका छन् ।
अघिल्लो शेरबहादुुर देउवा नेतृत्वको सरकारले जिटुजीमार्फत करिब ५० हजार मेट्रिक टन गहुुँ आयात गर्ने सहमति भएपछि केही समयका लागि उद्योग चल्ने अवस्था भएकोमा सरकार परिवर्तनसँगै भारतसँगको उक्त सम्झौता अन्योलमा परेको छ । उक्त सम्झौतालाई निरन्तरता दिन समेत करिडोरका उद्योगीहरूले माग गरेका छन् । भारत सरकारले भारतमा उत्पादन हुने गहुँको निर्यातमा एक्कासि प्रतिबन्ध लगाएपछि विश्वव्यापीरूपमा नै गहुँको मूल्य ह्वात्तै बढेको यहाँका उद्योगीको भनाइ छ । गहुँको मूल्यवृद्धिले नेपालमा सञ्चालन हुँदै आएका बिस्कुट, पाउरोटी, चाउचाउलगायतका उद्योगले आफ्नो उत्पादनमा कटौती गरेका छन् । उद्योगहरूले आफ्नो उद्योग सञ्चालनका लागि आवश्यक पर्ने मैदाको आयात भारतबाटै गर्दै आएका थिए । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको असर नेपाली उद्योगहरूमा परेको थियो । यसरी भारतले निर्यात रोकेको र गहुँको मूल्य एक्कासि बढेपछि उद्योग नै बन्द गर्ने अवस्था आएका कारण तात्कालीन देउवा सरकारले भारतसँग जिटुजीमार्फत ५० हजार मे. टन गहुुँ आयात गर्ने सहमति गरेको थियो । हाल उक्त प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नै थन्किएको भन्दै चाँडोभन्दा चाँडो गहुुँ आयात गर्न करिडोरका उद्योगीहरूले सरकारसँग माग गरेका छन् ।
नेपालमा गहुँको पिठो र मैदा उत्पादन गर्दै आएका उद्योगीले गहुँको अभाव देखाउँदै मनपरी मूल्य कायम गर्न थालेपछि बिस्कुट, चाउचाउ तथा पाउरोटी उद्योगहरूले उत्पादन नै कटौती गरेको जानकारी दिएका छन् । भारत सरकारको गहुँ निर्यातमा प्रतिबन्ध र नेपालमा गहुँको मूल्यमा एक्कासि उच्च वृद्धि आएपछि उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका यहाँका चाउचाउ उद्योग सञ्चालन गर्दै आएका एक उद्योगीले जानकारी दिए । उद्योगले आफ्नो उत्पादन कटौती गरेसँगै उद्योगमा कार्यरत मजदुरलाई समेत पाल्न नसक्ने अवस्था आएको छ । सुनसरी मोरङ औद्योगिक करिडोर मात्रै नभएर पूरै देशमा सञ्चालन रहेका चाउचाउ उद्योगका लागि गहुँको आयात भारतमाथि नै निर्भर रहेको छ । अहिले विश्वबजारमा नै गहुँको मूल्य ६० प्रतिशतभन्दा बढीले उकालो लागेको अवस्था रहेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया