काठमाडौं । विकास बैंकहरुको नाफा खुम्चिएको छ । वित्तीय प्रणालीमा देखिएको लगानीयोग्य रकम अभाव अर्थात् तरलता अभावको समस्याका कारण विकास बैंकहरुको निक्षेप तथा कर्जा दुवैमा संकुचन आएको थियो । यसरी निक्षेप तथा कर्जा दुवैमा संकुचन आउँदा यसको प्रत्यक्ष असर ब्याज आम्दानीमा परेको अर्कोतर्फ व्यवस्थापन खर्च उच्च हुंँदा विकास बैंकहरुको नाफामा गत आवको दोस्रो त्रैमासिकको तुलनामा चालू आवको दोस्रो त्रैमासिकमा केही संकुचन आएको हो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवको दोस्रो त्रैमासिकमा विकास बैंकहरुले कमाएको खुद मुनाफा तीन अर्ब २८ कारेड ७८ लाख रुपैयाँ रहेको थियो । चालू आवको दोस्रो त्रैमासिकमा भने यो नाफा घटेर दुई अर्ब ५८ करोड ७० लाख रुपैयाँमा खुम्चिएको छ ।
क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी नेपालमा हाल १७ वटा विकास बैंकहरुले वित्तीय कारोबार सञ्चालन गर्दै आएका छन् । तीमध्ये हालसम्म चालू आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका १४ वटा विकास बैंकहरुमध्ये छवटा अर्थात् मुक्तिनाथ, गरिमा, शाइन रेसुंगा, कर्णाली, ग्रिन र कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा बढेको देखिएको छ ।
यीबाहेकका महालक्ष्मी, लुम्बिनी, कामना सेवा, सांग्रिला, ज्योति र मितेरी डेभलपेमन्ट बैंकको खुद मुनाफा भने गत आवको दोस्रो त्रैमासिकको तुलनामा चालू आवको दोस्रो त्रैमासिकमा घटेको छ । चालू आवको दोस्रो त्रैमासिकमा सिन्धु विकास बैंक र नारायणी डेभलपमेन्ट बैंकको खुद मुनाफा भने ऋणात्मक देखिएको छ ।
चालू आवको दोस्रो त्रैमासिक अवधिमा मुक्तिनाथ विकास बैंकको नाफा सबैभन्दा बढी देखिएको छ । यस अवधिमा मुक्तिनाथले ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको दोस्रो त्रैमासिकमा मुक्तिनाथको यस्तो नाफा ६० करोड २४ लाख छ हजार रुपैयाँ रहेको थियो । बढी नाफा कमाउने दोस्रो ठूलो बैंकको स्थानमा भने गरिमा विकास बैंक पर्न सफल भएको छ ।
गत आवको दोस्रो त्रैमासिकमा ४३ करोड ६१ लाख दुई हजार रुपैयाँ खुद मुनाफा कमाएको गरिमाले चालू आवको दोस्रो त्रैमासिकमा खुद मुनाफा बढाएर ५१ करोड १८ हजार रुपैयाँ पु-याएको छ । यसैगरी शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पनि खुद मुनाफा बढाएर ४२ करोड ९६ लाख ७८ हजार रुपैयाँ पु-याएको छ । गत आवको दोस्रो त्रैमासिकमा शाइनको यस्तो नाफा ३४ करोड ८८ लाख ३० हजार रुपैयाँ रहेको थियो ।
महालक्ष्मी विकास बैंक भने चालू आवको दोस्रो त्रैमासिकमा ३१ करोड ६० लाख ४६ हजार रुपैयाँ खुद मुनाफा कमाएको आधारमा बढी नाफा कमाउने चौथो ठूलो बैंक बन्न सफल भएको छ । गत आवको सोही अवधिमा महालक्ष्मीको यस्तो नाफा ४५ करोड ६२ लाख ९२ हजार रुपैयाँ रहेको थियो । लुम्बिनी विकास बैंकले भने पछिल्लो अवधिमा २६ करोड १० लाख ६७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा लुम्बिनीको यस्तो नाफा ३५ करोड १७ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।
अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार चालू आवको दोस्रो त्रैमासिकमा कामना सेवा, सांग्रिला र ज्योति विकास बैंकले क्रमशः १९ करोड ५८ लाख ७१ हजार, १६ करोड ६५ लाख ६३ हजार र तीन करोड ४७ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः ३४ करोड ३६ लाख ८१ हजार, २६ करोड १८ लाख २२ हजार र ३४ करोड ४० लाख १६ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।
क्षेत्रीयस्तरको मितेरी र कर्णाली डेभलपमेन्ट बैंकले पछिल्लो अवधिमा क्रमशः पाँच करोड ९० लाख ८८ हजार र एक करोड ६३ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा मितेरीले छ करोड ८० लाख ३९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो भने कर्णालीले एक करोड ६३ लाख ९६ हजार रुपैयाँ घाटा व्यहोरेको थियो । ग्रिन र कर्पोेरेट डेभलपमेन्ट बैंकले भने पछिल्लो त्रैमासिकमा क्रमशः २८ लाख २९ हजार र एक करोड १७ लाख ४७ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः १८ लाख पाँच हजार र ३० लाख ९९ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको दोस्रो त्रैमासिकमा सिन्धु विकास बैंकले एक करोड ८७ लाख १४ हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्दा नारायणी डेभलपमेन्ट बैंकले एक करोड ६६ लाख २९ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । गत आवको सोही अवधिमा सिन्धुले तीन करोड ५५ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा कमाए पनि नारायणीले भने ५९ लाख ९८ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता
- हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु
- फास्ट-ट्र्याकको डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने
- निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने
- नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
- बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
- भोडाफोन र हचिसनले मर्जर घोषणा गर्ने
- विश्व बजारमा गहुँ र मकैको मूल्य बढ्यो
धेरैले पढेको
- मध्यपहाडी राजमार्गका ठेक्काहरू तोड्दै कार्यस्थल छाड्न निर्माण व्यवसायीलाई निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया