सिस्टममा इन्ट्री गरेको प्रज्ञापनपत्र डिलिट गर्ने भन्सार प्रतिनिधिलाई क्लिनचिटको तयारी
विराटनगर । काठमाडौंको देव इन्टरनेसनलले चीनबाट आयात गरेको जुत्ता र रेडिमेड गार्मेन्टका सामान जाँचपास गर्ने क्रममा विराटनगर भन्सारका भन्सार प्रतिनिधि शरण(सन्तोष) खरेलसँग सेटिङ गरेर भन्सार जाँचपासलाई प्रमाणीकरण गरेको भन्दै विराटनगर भन्सारका भन्सार प्रमुख ताराप्रसाद सापकोटालाई अर्थ मन्त्रलयले सरुवा गरेको छ ।
उक्त प्रकरणमा भन्सार प्रतिनीधि शरण खरेल र भन्सार प्रमुुख ताराप्रसाद सापकोटासहित नासु हिमाल दाहाल र भन्सार अधिकृत नकुुल शर्मा मुछिएका थिए । तर नासुु र अधिकृतसहित भन्सार प्रतिनिधि खरेललाई भने क्लिनचिट दिने तयारी गरिएको पाइएको छ । विराटनगर भन्सारमा भन्सार जाँचपासको काममा संलग्न वीरगञ्ज भन्सारका भन्सार एजेन्ट भन्सार लगिन नम्बर ४ सय २३ का प्रतिनिधि शरण(सन्तोष) खरेलले देव इन्टरनेसनलले गत माघ १२ गते चीनबाट आयात गरेको जुत्ता र रेडिमेड गार्मेन्टका सामान जाँचपाख गर्ने क्रममा करोडौँ राजस्व छली गरी सेटिङमा सामन जाँचपास गराएको पाइएको थियो । तर उनीहरूलाई कुुनै कारबाही गर्ने हिम्मत अर्थ मन्त्रालय र भन्सार विभागले नगर्दा यो जालो अझ सक्रिय हुुने समेत देखिएको छ ।
भन्सार लगिन नम्बर ४ सय २३ को भन्सार विभागमा भएको कनेक्सनका कारण उक्त लगिनलाई विभागले बन्द नगरी भन्सार प्रमुुखमाथि मात्रै कारबाही गरेजस्तो गरी देखाउनका लागि मात्रै सरुवा गरेको भन्सारस्रोतले बताएको छ । भन्सारको सिस्टम इन्ट्री गरिसकेको भन्सार प्रज्ञापनपत्र नै डिलिट गर्ने भन्सार प्रतिनिधिलाई क्लिनचिटको तयारीसँगै भन्सार प्रमुुखको मात्रै किन सरुवा गरियो भन्ने प्रश्न अनुत्तरित नै बन्न पुुगेको छ ।
अर्थमन्त्रालयले विराटनगर भन्सारका तत्कालीन भन्सार प्रमुुख तारा सापकोटालाई सरुवा गरी उक्त ठाउँमा भन्सार विभागमा रहेका ज्ञानेन्द्र ढकाललाई सरुवा गरिसकेको अवस्थामा नयाँ भन्सार प्रमुुखका लागि भन्सार सेटिङको जालो भत्काउन ठूलो चुुनौती रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया