Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशसोलुखुम्बुमा गाई काट्दै गर्दा सदरमुकामबाटै चार जना पक्राउ

सोलुखुम्बुमा गाई काट्दै गर्दा सदरमुकामबाटै चार जना पक्राउ


सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा गाई काट्दै गर्दा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको महाकुलुङ गाउँपालिका ५ का वर्ष ३७ का राजकुमार राई, ३९ वर्षीया अस्ती कुमारी राई, ४० वर्षीया फुलमाया रसाइली र २१ वर्षीय प्रेम रसाइली रहेका छन् ।

उनीहरूले सोलुदुधकुण्ड नगरपालिका ५ क्याम्पस टोलमा गाई काट्दै गरेको भन्ने स्थानीयले दिएको सूचनाको आधारमा बिहीबार चार जनालाई नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका चारै जना सदरमुकाम सल्लेरीमै कोठा भाडामा लिएर बस्दै आएको खुल्न आएको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x