आयुर्वेद चिकित्सालयमा स्थायी कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या
काठमाडौं । नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा स्थायी दरबन्दीका कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या हुन थालेको छ । चिकित्सालयमा ९९ कर्मचारीको स्थायी दरबन्दी रहेकामा हाल ४४ स्थायी कर्मचारीमात्र कार्यरत रहेको चिकित्सालयका निर्देशक डा. प्रदीप केसीले राससलाई बताए ।
विकास समितितिसमेत गरी ६६ कर्मचारी करारमा कार्यरत रहेको उनले जानकारी दिए । अन्यत्रबाट काजमा आएका कार्यरत कर्मचारीको सङ्ख्या आठ छ । एकाउन्न जनालाई भने दरबन्दीकै ठाउँमा करारमा राखिएको छ । चिकित्सालयको सङ्गठनात्मक तालिका नभएकाले स्थायी प्रक्रियामा विज्ञापन गरेर नियुक्तिको प्रक्रियामा जान नसकिएको अस्पताल प्रशासनले जनाएको छ । यसले गर्दा सेवा प्रवाहमा समस्या भएको छ । आयुर्वेदतर्फको केन्द्रीय अस्पतालका रूपमा रहेको चिकित्सालयमा १०० शय्या छ ।
पछिल्लो समय बिरामीको सङ्ख्या पनि बढ्न थालेको छ । हाल दैनिक तीन सय बिरामी बहिरङ्ग सेवा लिन चिकित्सालयमा आउने गरे पनि जनशक्तिको अभावमा सेवा प्रवाहमा समस्या भएको छ । सय शय्या भएको अस्पतालमा कम्तीमा ४० नर्स चाहिने नियम भए पनि हाल यहाँ १६ जनामात्र कार्यरत छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- नीति तथा कार्यक्रम : गण्डकीका कुन-कुन योजना परे ?
- प्राइम सहकारीकाे एक अर्व ५४ कराेड हिनामिना, अध्यक्ष कार्कीसहित आठ पक्राउ
- नीति तथा कार्यक्रम सकारात्मक स: सत्ता पक्ष
- नीति तथा कार्यक्रम उत्साहप्रद : एमाले
- क्रिकेटर लामिछानको मुद्दा हेर्दाहेर्दैमा
- अदालती समयपछि पनि सन्दीपको मुद्दामा बहस जारी
- प्राइम सहकारी पनि डुब्यो, प्रहरीद्वारा उजुरी आह्वान
- शिक्षकले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया