Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपूर्वअर्थमन्त्री विचार मञ्च गठन

पूर्वअर्थमन्त्री विचार मञ्च गठन


काठमाडौं, चैत ९
मुलुकको आर्थिक विकास र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका सरोकारवालाहरुसँग नियमित बहस चलाई आर्थिक विकासमा सार्थक योगदान पु-याउने उद्देश्यले पूर्वअर्थमन्त्री विचार मञ्च गठन गरिएको छ । पूर्वअर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन र ज्ञानेन्द्र बहादुर कार्कीको शुक्रबार बसेको भेलाले पूर्वअर्थमन्त्री विचार मञ्च गठन गर्ने निर्णय गरेको हो ।

भेलामा डा. बाबुराम भट्टराई, विष्णु पौडेल र महेश आचार्य भने उपस्थित भएका थिएनन् । यस विचार मञ्च गठनका लागि नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष भवानी राणा र वर्तमान पदाधिकारीहरूले सहयोग गरेका थिए । भेलामा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर प्रधान र चन्द्र प्रसाद ढकाल, महासंघका महानिर्देशक धरणीधर खतिवडाको उपस्थिति रहेको थियो ।

साथै भेलाले मञ्चका माध्यमबाट अर्थतन्त्र तथा विकासका समग्र पक्षसँग जोडिएका विषयमा सरोकारवालाहरुसँग नियमित छलफल चलाई त्यसको समाधानका लागि सार्थक पहल गर्ने, कोभिड १९ बाट उत्पन्न हुनसक्ने स्वास्थ्य एवं आर्थिक पक्षका जोखिमहरुलाई न्यून गर्न सरकारले स्वास्थ्यका क्षेत्रमा जनचेतनामूलक, नियन्त्रणात्मक एवं उपचारात्मक कार्यक्रमलाई जनता समेतलाई साथमा लिई अझ प्रभावकारी ढंगबाट सञ्चालन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यसका साथै कोभिड १९ बाट राष्ट्रिय अर्थतन्त्रका विविध पक्षमा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न र बढी प्रभावित अर्थतन्त्रका क्षेत्रहरुका लागि राहत प्याकेज तत्काल ल्याउन सरकारलाई अनुरोध गर्ने, कोभिड १९ बाट उत्पन्न विपत्तिको अवस्थामा जनसमुदाय तथा व्यावसायिक क्षेत्रका सवै सरोकारवालाहरुलाई अधिकतम सचेतना अपनाउन आग्रह गर्ने निर्णय गरेको छ । साथै मञ्चको गठनमा सहयोग गरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ र यसका पदाधिकारीहरूलाई धन्यवाद समेत दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया