Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदेशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता

देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता


काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता भएको हो ।

सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ । अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राहीपछि दाबी गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् । नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका नौ, मधेस प्रदेशका नौ, बागमती प्रदेशका २०, गण्डकी प्रदेशका दुई र लुम्बिनी प्रदेशका चारवटा गरी कोषको प्रणालीसँग जोडिएका ४४ अस्पतालमा कोषको परिचयपत्र देखाएर सुविधा दिन सक्नेछन् ।

२०७९ फागुन १ यता देशभरका विभिन्न १५ वटा स्थानमा अनलाइन (लाइभ) सम्झौता भएका ४४ अस्पतालबाट मात्र औषधि उपचारबापतको सुविधा भुक्तानी हुनेछ । त्यसबाहेकका स्थानहरुमा जुनसुकै अस्पतालमा उपचार गर्दा कोषको कार्यालयमा आवश्यक कागजात बुझाएर दाबी गर्नुपर्ने हुन्छ । आगामी दिनमा अस्पतालको आबद्धतालाई संख्यात्मक र गुणात्मकरुपमा बढाउँदै लैजाने प्रतिबद्धता कोषले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8


तपाईको प्रतिक्रिया