Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार प्रभातलाई

दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार प्रभातलाई


काठमाडौं । नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पु-याएवापत यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार’ प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार उनलाई दोसल्ला ओढाइ नगदसहित सम्मान गरेको हो । पुरस्कारको राशि रु. २५ हजार रहेको छ ।

राससका अनुसार समारोहमा केन्द्रको वार्षिक प्रकाशन ‘ज्ञानविन्दु’समेत लोकार्पण गरिएको थियो । कार्यक्रममा कोषका संस्थापक, एनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष एवम कवि हरिहर अर्यालले विगतका वर्षमा पुरस्कृत व्यक्तित्वका बारेमा तथा साहित्यकार राजेन्द्रप्रसाद अर्यालले २०७९ सालमा पुरस्कृत प्रतिभा प्रभातको जीवनी, व्यक्तित्व र कृतिबारे प्रकाश पारेका थिए । ज्ञानबिन्दुबारे सम्पादकीय मन्तव्य केन्द्रका सदस्य तिलकप्रसाद लुइँटेलले राखेका थियो भने सभामा प्रा शिवहरि मरहठ्ठा, प्रा. डा. सुरेन्द्र केसी, सीमाविद् बुद्धिनारायण श्रेष्ठ र ईश्वरचन्द्र देवकोटाले शुभकामना मन्तव्य राखेका थिए ।

यसअघि उक्त पुरस्कारबाट ज्ञानमणि नेपाल, मदनमणि दीक्षित, प्रा. डा. तुलसीराम वैद्य, प्रा. दिनेशराज पन्त, सत्यमोहन जोशी, प्रा. डा. सुरेशराज शर्मा, प्रा. डा. सुरेन्द्र केसी, पुण्यरश्मी खतिवडालगायत पुरस्कृत भइसकेको केन्द्रले जनाएको छ । स्व. दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिष, धर्मशास्त्र, समाजशास्त्रलगायत विषयका ज्ञाता थिए । दण्डपाणि र उनकी धर्मपत्नी नन्दकुमारीको नाममा उक्त पुरस्कार स्थापना गरिएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया