Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहावाहुरीका कारण देशभरका विद्युत् वितरणमा अवरोध

हावाहुरीका कारण देशभरका विद्युत् वितरणमा अवरोध


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार रातिदेखि सुरु भएको हावाहुरीले देशभरका विद्युत् वितरणमा अवरोध सिर्जना गरेको छ । आइतबार र सोमबार बेलुका आएको हावाहुरीका कारण देशभरको वितरण प्रणालीमा अवरोध उत्पन्न भएको हो ।

सोमबार बेलुका पुनः आएको हावाहुरीका कारण देशैभरको वितरण प्रणालीमा समस्या आएको प्राधिकरणले जनाएको छ । ‘राष्ट्रिय प्रसारणलाइनको समस्या समाधान गरे पनि सोमबार बेलुका आएको हावाहुरीका कारणले पुनः समस्या निम्त्याएको छ,’ प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने ।

हाल क्षेत्रीय र स्थानीय प्रसारणलाइनमा समस्या आउँदा देशभरका अधिकांश स्थानमा लोडसेडिङ भइरहेको छ । काठमाडौँमा समेत सोमबार रातभर बिजुलीमा समस्या आएको थियो । देशका कति ठाउँका वितरण प्रणालीमा समस्या आएको भन्ने बारे आधिकारिक तथ्याङ्क भने नआइसकेको प्राधिकरणले बताएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया