सरकारले नयाँ मुलुकसँग हवाई सेवा सम्झौता गर्ने योजना बनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रममा नयाँ मुलुकसँग हवाई सम्झौता गर्ने घोषणा गरिएको हो ।
राष्ट्रपति पौडेलले मुलुकमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णक्षमतामा उपयोग गर्न नयाँ मुलुकसँग हवाइ सम्झौता गरिने बताए । नेपालले हालसम्म विभिन्न ४० मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ । पछिल्लो पटक अष्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो । राष्ट्रपति पौडेलले नयाँ मुलुकसँग हवाई सम्झौता गरी नेपाली वायुसेवा कम्पनीको अन्तर्राष्ट्रिय बजार विस्तार गरिने बताए ।
एक वर्षअघि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पाँच महिनादेखि सञ्चालनमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले राम्रो विजनेश पाउन सकेका छैनन् । गौतमबुद्ध विमानस्थलमा आगामी जेठ २९ देखि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मलेसिया–भैरहवा–काठमाडौँ नियमित उडान गर्दैछ । कुवेतको जजीरा एयरले एकवर्षदेखि यो विमानस्थलमा उडान गरिरहे पनि विभिन्न समस्या देखाउँदै उडान स्थगन गर्दै आएको छ । पछिल्लो पटक एक महिनादेखि जजीराले उडान स्थगित गरेको छ ।
यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भएको थियो । यो विमानस्थलबाट अहिलेसम्म अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन । पोखरा विमानस्थलबाट छिट्टै चीनका विभिन्न शहरमा चार्टर्ड उडान हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
निर्माण सम्पन्न भएका विमानस्थललाई पूर्णक्षमतामा सञ्चालनमा ल्याइने, निजगढ विमानस्थलको निर्माण प्रक्रिया अघि बढाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय
- मुख्यमन्त्री कँडेललाई विश्वासको मत
- आगलागीबाट ७९ घर जले, एकको मृत्यु
- उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
- डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा डंगोल नियुक्त
- सिटिजन लाइफद्वारा जेन जेड लक्षित कार्यक्रम सञ्चालन
- सय दिनको रोजगारीको लागि १५ हजार बढीको आवेदन
- सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया