अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा सोमालियाको आर्थिक प्रगतिको प्रशंसा
सोमालिया, माघ १५
आर्थिक सुधारमा देखिएको निरन्तरको प्रगतिले मोगादिसुलाई झण्डै ऋणमुक्त गर्न लागेको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोषले सोमालियाको प्रशंसा गरेको छ । सोमालियाको सुधार प्रयासका लागि लगानी गरेको कोषले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘सोमालियाले लागि राजस्व, सार्वजनिक वित्तीय व्यवस्थापन र आर्थिक सुधारका लागि महत्वपूर्ण मानिने भ्रष्टाचारविरोधी कानूनहरू बनाएर आर्थिक सुधारमा प्रगतिका दीर्घकालीन सकारात्मक बाटो तय गरिसकेको छ । सोमालियाले लिएको आर्थिक सुधारको बाटो प्रशंसनीय छ ।’
अलिसन होल्याण्डको नेतृत्वमा कोषको टोलीले गत हप्ता सोमालियाली अधिकारीलाई भेटी आर्थिक विकास र सुधारमा गरेको प्रगतिका बिषयमा छलफल गरेको थियो । सोमालियाको आर्थिक सुधारका लागि भएका निरन्तरका प्रयासले ठूलो ऋणको भार सहँदै आएको मुलुकलाई राहत प्रदान गरेको छ । होल्याण्डले भने, ‘सोमालियाको आन्तरिक राजस्व संकलन मजबुत बनेको छ । सन् २०१९ पछि सोमालियाले १९ करोड ४० लाख ६० हजार अमेरिकी डलर आन्तरिक राजस्व संकलन गरेको छ । उक्त रकम राजस्व संकलनका लागि सन् २०१९ को पूरै वर्षका लागि लिएको लक्ष्यसँग करिब बराबर हो । सोमालियाले आन्तरिक राजस्वबाट सन् २०१९ मा कुल १९ करोड ६० लाख अमेरिकी डलर संकलनको लक्ष्य लिएको थियो ।’
सोमालियाले र कोषको प्रतिनिधिमण्डलबीच आगामी तीन बर्षका लागि तयार पारेको बृहत् आर्थिक सुधारको कार्यक्रममा कोषले सहमति जनाएको पनि उनले बताए । आगामी कार्यक्रमका लागि सोमालियाले अघि सारेका योजनामा सार्वजनिक वित्तीय व्यवस्थापनलाई सुदृढ गर्ने, आन्तरिक राजस्व वृद्धिमा निरन्तरता र परिचालनको प्रत्याभूत र केन्द्रीय बैंकको क्षमता र भ्रष्टाचार नियन्त्रणका लागि थप धारणा रहेका र यसले मोगादिशुको आर्थिक उन्नतिको प्रत्याभूति गरेको कोषले बताएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पाठ्यक्रममै प्रविधिको विकास गरौँ
- पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
- धरौटिमा छुटे दिपेश पुन
- अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
- नेपालमा अर्थतन्त्रका चुनौतीहरू
- भूकम्पका दश वर्ष पुनर्निर्माण अलपत्र
- प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
- लाभांश बाड्न नसक्ने अवस्थामा फाइनान्स कम्पनीहरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया