Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोना पोजेटिभ भेटिएपछि सोलुखुम्बुमा उच्च सतर्कता, जिल्लामा किट अभाव

कोरोना पोजेटिभ भेटिएपछि सोलुखुम्बुमा उच्च सतर्कता, जिल्लामा किट अभाव


महेन्द्र शाही
सोलुखुम्ब, जेठ १८
एक जनाको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि सोलुखुम्बु जिल्लामा उच्च शतर्कता अपनाइएको छ । यसअघिसम्म परिक्षण गरिएको आरडीटी र पीसीआर रिपोर्टमा समेत कोरोना नेगेटिभ आएपछि यहाँको जनजीवन सामान्य थियो । तर एक जनामा कोरोना पोजेटिभ देखिएपछि स्थानीयमा त्रास बढेको छ । जिल्ला ग्रिन जोनमा परेपछि सदरमुकाम सल्लेरीमा केही चहलपहल बढेको थियो । तर सोलुदुधकुण्ड नगरपालिकाभित्रका एक युवामा कोरोना पोजेटिभ देखिएपछि अहिले जिल्लामा नागरिकको चहलपहल ह्वात्तै घटेको छ । प्रहरी प्रशासनले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गरेको स्थानीयको भनाइ छ । केही समय अघि जिल्लामा चहलपहल बढेको भन्दै स्थानीयले लकडाउनलाई कडाइ गरिनुपर्ने बताउँदै आएका थिए । कोरोनाको कुनै पनि औषधि नभएकाले लकडाउनको पालना गर्नु नै मुख्य उपाएको भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बुको भनाइ छ ।

यसैबीच जिल्ला अस्पताल फाप्लुको आकष्मिक कक्ष सिल गरिएको छ । अस्पतालको आईसोलेसन कक्षमा उपचार गराइरहेका सोलुदूधकुण्ड नगरपालिकाका २७ वर्षका युवामा कोरोना पोजेटिभ देखिएपछि अस्पताल सिल गर्ने निर्णय गरेको हो । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीएमसी) को बैठकले युवकको घर र अस्पतालको आकस्मिक कक्ष सिल गर्ने निर्णय गरको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिइन् । बिरामीका परिवारका सदस्य र उपचारमा संलग्न स्वास्थ्यकर्मीको स्वाब संकलन गरी परिक्षणका लागि समेत पठाइने भएको छ ।

अहिले जिल्ला अस्पतालका सबै डाक्टरहरूलाई क्वारेनटाइनमा राखिएको छ । त्यस्तै कोरोना नियन्त्रणका लागि सबै पालिकासँग समन्वय गर्ने र खाद्यान्न र फलफूल बाहेकका सबै होटल पसलहरू पूर्णरूपमा बन्द गर्ने समेत निर्णय भएको उनको भनाइ छ । कोरोनाको लक्षणसँग मिल्जोजुल्दो रहेका सोलुदुधकुण्ड नगरपालिकाभित्रका तीन जना उपचारका लागि जेठ पहिलो साता जिल्ला अस्पताल फाप्लु पुगेका थिए । सुरुमा नर्मल वार्डमा राखेर उपचार गरिएका उनीहरूमा देखिएको लक्षण कोरोनासँग मिल्दोजुल्दो रहेको भन्दै आइसोेलेसन वार्डमा सारिएको थियो । आइसोलेसन वार्डमा राखेर उपचार गरिएका उनीहरूको जेठ ९ गते शुक्रबार स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । तीन जनामध्ये एक जनाको रिपोर्ट पोजेटिभ आएपछि उनलाई कोशी अस्पताल बिराटनगर लगिएको छ ।

सोलुखुम्बुका एक जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि पीसीआर विधिबाट परीक्षण गर्नु पर्ने भए पनि जिल्लामा किटको अभाव देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश खकुरेलका अनुसार कोरोना सक्रमितको गाउँमा करिब ६० जनाको स्वाब संकलन गर्नुपर्ने भए पनि किट अभाव रहेको छ । जिल्लाका लागि स्वाब संकलन गर्नुपर्ने किटको अभाव हुँदा अझ समस्या हुने उनको भनाइ छ । प्रदेश तथा संघीय सरकारलाई समेत आवश्यक किट उपलब्ध गराउन अनुरोध गरिएकाले केही दिनभित्रमा थप किट आउने भए पनि तत्काल किट नभएको प्रमुख खकुरेलको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x