Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधखुम्बुका लागि छुट्याइएको चामल ढुवानी

खुम्बुका लागि छुट्याइएको चामल ढुवानी


महेन्द्र शाही
सोलुखुम्बु, जेठ २२
जिल्लाको खुम्बु क्षेत्रका लागि चालू आर्थिक वर्षमा छुट्याएको चामल ढुवानी सकिएको छ । चालू आर्थिक वर्षमा खुम्बु क्षेत्रका लागि एक हजार पाँच सय चामलको कोटा निर्धारण गरिएअनुसार ढुवानी सकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सल्लेरीका प्रमुख शम्भुप्रसाद रेग्मीले जानकारी दिए । चालू आर्थिक वर्षमा समयमै टेण्डर गरिएको र समयमै ढुवानी सुरु गरिएकाले समयमै ढुवानी सम्पन्न भएको रेग्मीको भनाइ छ ।

खुम्बुका लागि अघिल्लो आर्थिक वर्षमा पनि एक हजार पाँच सय कोटा छुट्याइएको भए पनि न्यून मात्रामा मात्र ढुवानी भएको थियो । अघिल्लो आर्थिक वर्षमा नौ सय ७५ क्वीन्टल मात्र चामल ढुवानी भएको थियो । अघिल्लो आर्थिक वर्षमा टेण्डर नै ढिलो भएकाले ढुवानीमा गर्नमा समस्या भएको बताइएको छ । चालू आर्थिक वर्षमा भने लक्ष्यमा पुग्न सकिएको रेग्मीको भनाइ छ । थप गर्ने कि भन्ने विषयमा कुरा गरिएको भए पनि लकडाउनले कोटा थप नहुने उनको भनाइ छ ।

त्यस्तै जिल्लाको सोताङ गाउँपालिकामा रहेको डिपोमा पनि लक्ष्यअनुसार बिक्री भइरहेको उनको भनाइ छ । सोताङ डिपोका लागि छुट्याइएको पाँच सय क्वीन्टलमध्ये चार सय क्वीन्टल बिक्री भइसकेको उनले बताए । बाँकी रहेको एक सय क्वीन्टल पनि बाँकी समयमा बिक्री भइसक्ने बताइएको छ । यता सल्लेरीबाट भने चामल बिक्री न्यून मात्र रहेको बताइएको छ । शाखाबाट लकडाउनको समयमा मात्र दुई सय ३३ बिक्री भए पनि अरु समयमा बिक्री निकै कम हुने गरेको बताइएको छ । अहिले सल्लेरी डिपोमा ८७ क्वीन्टल चामल मौजात रहेको कार्यालयले जनाएको छ । जुन वर्षा यामका लागि राखिएको बताइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x