Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलकडाउन खुकुलो भएसँगै बढ्यो चहलपहल

लकडाउन खुकुलो भएसँगै बढ्यो चहलपहल


दोलखा, असार ४
कोरोना भाइरसको त्रास र लकडाउनले सधै सुनसान देखिने चरीकोट बजार लकडाउन खुकुलो भएसँगै चहलपहल देखिनथालेको छ । साढे दुई महिनाको लकडाउन अवधिमा जिल्लाका सबै क्षेत्रका मानिस प्रभावित बनेका थिए । लकडाउन विस्तारै फितलो हुँदै गए पनि सदरमुकाम चरीकोट र जिल्लाका अन्य बजारमा मानिसको चहलपहल बढेको छ । कोरोनाको त्रासले बन्द भएका निजी तथा सरकारी कार्यालय खोल्नथालेका छन् भने जिल्लाका मानिस विस्तारै आफ्नो व्यापार व्यवसायमा फर्किनथालेका छन् ।

यस्तै साढे दुई महिनादेखि थन्किएर बसेका निजी तथा सार्वजनिक यातायात पछिल्लो केही दिनदेखि जिल्लाभित्र चल्नथालेका छन् । चालू वर्षको अन्तिम महिना र धेरै विकास निर्माणको सम्झौता असार महिनामा हुने भएकाले जिल्लाका नौवटै स्थानीय तहमा ठेकेदार, उपभोक्ता तथा सेवाग्राहीको भीड लाग्नथालेको छ । लकडाउनले बीचमै रोकिएका महत्वपूर्ण विकास निर्माण कामहरु पनि सुरु हुनथालेका छन् । जिल्लाका पाँच मुख्य व्यापारिक केन्द्र खुलेको उद्योग वाणिज्य संघले जनाएको छ ।

जिल्लाको उत्तरीतर्फको सिंगटी बजारमा पनि मानिसको चहलपहल बढेको छ भने जिल्लाको जिरी र मैनापोखरी बजारका पसलका सटर पनि खुल्न थालेका छन् । लामो समयपछि सटर खोले पनि ग्राहक पसलमा नआउँदा व्यापार नभएको केही व्यापारीको गुनासो छ । लकडाउने प्रभावित बनेका जिल्ला होटल रेस्टुरेन्ट पनि खुल्न थालेका छन् । सदरमुकाम आसपासका होटेल खुले पनि बस्ने र खाने मान्छे होटलमा नआएको चरीकोटका होटल व्यवसायीहरुले बताएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x