Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमहामारीमा सरकारको भर नपरी सक्ने सहयोग गरौँ

महामारीमा सरकारको भर नपरी सक्ने सहयोग गरौँ


काठमाडौं, साउन ३२
नेपाल उद्योग वाणिज्य महासंघले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेकोले सरकारको मात्र भर नपरी सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेको छ । महासंघले आफ्ना सबै सदस्यहरूलाई अहिलेको यो अति नै संवेदनशील अवस्थामा सरकारको मात्र भर नपरी आ–आफ्ना तर्फबाट आ–आफ्ना क्षेत्रमा सक्दो सहयोग गर्न आग्रह गरेको हो ।

महामारीको संवेदनशील घडीमा सबैभन्दा पहिलो प्राथमिकता स्वास्थ्य सुरक्षा नै भएको भन्दै संक्रमणबाट जोगिन सरकारले निर्देश गरेका सबै स्वास्थ्य प्रोटोकलहरूलाई पालना गर्न महासंघले आग्रह गरेको छ । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारहरू निरन्तर क्रियाशील रहेको बताउँदै महासंघले सरकारले चालेका कार्यक्रम, योजना, घोषणाहरुलाई सफल कार्यान्वयनमा लैजान सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने बताएको छ ।

साथै महासंघले तीनै तहका सरकारले यस दिशामा गरेका सबै पहललाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ । एकाध जिल्लालाई छोडेर सबै जिल्लाहरूमा यसको संक्रमण तेज गतिमा बढिरहेको छ । खासगरी काठमाडौं उपत्यका, तराईका मोरङ, पर्सा बाँके, धनुषा, स्याङ्जालगायतका धेरैवटा जिल्ला र नगरहरू अहिले यसको उच्च जोखिममा छन् भने अन्य जिल्लाहरू पनि आक्रान्त हुँदै छन् । यसले मुलुकवासीको एकातिर स्वास्थ्य सुरक्षा निकै पेचिलो बन्दै गएको छ भने अर्कोतिर अर्थतन्त्रमा गम्भीर धक्का लागेको महासंघले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x