Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसुलभ ट्रेड कन्सर्नद्वारा छ करोड ५२ लाख राजस्व छली

सुलभ ट्रेड कन्सर्नद्वारा छ करोड ५२ लाख राजस्व छली


काठमाडौं ।
सुलभ ट्रेड कन्सर्नले छ करोड ५२ लाख भन्दा बढी रकम राजस्व छली गरेको पाइएको छ । उक्त कम्पनीले झुटा तथा नक्कली मूल्य अभिवृद्धि (मुअ) कर बिजक प्रयोग गरी राजस्व छली गर्नेगरेको पाइएको हो । राजस्व अनुसन्धान विभागले सुलभ ट्रेड कन्सर्न (स्था.ले.नं. ६००३८५१७०) का प्रोप्राइटर बारा जिल्ला विश्रामपुर वडा नं. ५ वस्ने अमिरी ठाकुरलाई छ करोड ५२ लाख १३ हजार सात सय २६ रूपैयाँ राजस्व छली गरेको भन्दै आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झुटो तथा नक्कली बिक्री बिजक जारी गरी आव २०६८/०६९ देखि २०७३/०७४ सम्ममा मूअ कर तथा आयकर राजस्व चुहावट गरेको विभागले जनाएको छ । कम्पनीले उक्त अवधिमा मूअ करतर्फ दुई करोड १५ लाख ८८ हजार दुई सय तीन रुपैयाँ र आयकरतर्फ चार करोड ३६ लाख २५ हजार पाँच सय २३ रुपैयाँ राजस्व चुहावट गरेको हो ।

कम्पनीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कार्य गरी सोही ऐनको दफा ४ को (क),(ख), (ग),(घ) र (झ) बमोजिम राजस्व चुहावट गरेकोले विभागले सोही ऐनको दफा २(छ१) बमोजिम छ करोड ५२ लाख १३ हजार सात सय २६ रूपैयाँ कुल बिगो कायम गरी कम्पनीविरुद्ध मुघा दायर गरेको छ ।

विभागले कप्पनीले राजस्व छली गरेको सबै प्रमाण रहेकोले कम्पनीका सञ्चालक ठाकुरलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) तथा सोही ऐन (पहिलो संशोधन (२०७६) को दफा २३(१), २३(१) को खण्ड (घ) र २३ (४) बमोजिम बिगो रकम असुलउपर गरी जरिवाना र कैद सजाय माग दाबी गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया