Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनरैनापुरमा आगलागी हुँदा ११ जनाको घरगोठ जलेर नष्ट

नरैनापुरमा आगलागी हुँदा ११ जनाको घरगोठ जलेर नष्ट


बाँके ।
बाँकेको नरैनापुर गाउँपालिका वडा नं १ को कटकुइया गाउँमा आगलागी भएको छ । शुक्रबार दिउँसो भएको आगलागीमा ११ जनाको घरगोठ जलेर नष्ट भएका छन् । स्थानीय जवाहिर यादवको गोठबाट सल्केकोे आगोले दयाराम यादव, सुरज यादव, कमल यादवलगायत ११ जनाको घर र गोगमा पूर्ण क्षति भएको कटकुइया बेस क्याम्पका प्रहरी इन्सपेक्टर धिरेन्द्र बडुवालले बताए ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, गाउँपालिकाको दमकल र स्थानीयहरूको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बेस क्याम्पका प्रहरी इन्सपेक्टर बडुवालले बताए । आगलागीको कारण खुल्न सकेको छैन भने क्षतिको पूर्ण विवरण सङ्कलन कार्य भइरहेको नरैनापुर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय यादवले बताए ।

गत चैतदेखि अहिलेसम्मको ४५ दिनभित्र नरैनापुरमा आगलागीको यो आठौँ घटना हो । नरैनापुरमा फुसको छानो बढी भएको र बस्ती एकदम घना भएकोले गर्मी महिनामा हरेक वर्ष दर्जनौँ आगलागीको घटना हुनेगरेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया