Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजिरीमा भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

जिरीमा भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते


दोलखा । जिल्लाको जिरी नगरपालिकामा शनिबार बिहान भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन् । जिरी नगरपालिका–९ ठूलोपातल झिसेपुका ५० वर्षीय जगत बहादुर सुनुवार र ५८ वर्षीय टीका सुनुवार भालुको आक्रमणबाट घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अन्जन कोइरालाका अनुसार बिहान नजिकैको वनमा घाँस दाउराका लागि गएको समयमा भालुले आक्रमण गर्दा दुवै जना गम्भीर घाइते भएका हुन् । भालुको आक्रमणबाट उनीहरुको अनुहार र शरीरमा चोट लागेको छ ।

घाइते दुवै जनालाई दोलखामा उपचार सम्भव नरहेकाले हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दोलखाको उत्तरी क्षेत्र र जिरी नगरपालिकामा बारम्बार भालुले मानिसलाई आक्रमण गर्दै आएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया