Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकानगरपालिका क्षेत्रभित्र नदीजन्य पदार्थको अवैधउत्खनन गर्नेलाई रु. ५० हजार जरिवाना

नगरपालिका क्षेत्रभित्र नदीजन्य पदार्थको अवैधउत्खनन गर्नेलाई रु. ५० हजार जरिवाना


कञ्चनपुर । कृष्णपुर नगरपालिकाले नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गर्नेलाई जरिवाना गर्ने भएको छ । नगरपालिका क्षेत्रभित्रका खोला, नदीबाट गिट्टी, ढुङ्गा, माटो, बालुवा अवैध उत्खनन गर्ने र बिक्री वितरण गर्नेलाई रु. ५० हजार जरिवाना गर्ने भएको हो ।

नगगरपालिकाले नगरपालिका क्षेत्रभित्रका खोलानालाबाट नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसार गर्ने सबै प्रकारका ढुवानीका साधनलाई जरिवाना गर्ने जनाएको छ । “नगरपालिका क्षेत्र भएर बग्ने वनहरा, बन्द, मछेली र मोहन नदीबाट नदीजन्य पदार्थ सङ्कलन तथा उत्खनन गर्ने कार्यका लागि तीनपटक सार्वजनिक सूचना जारी गरिएकामा तोकिएको म्यादभित्र बोलपत्र पेस भएका छैनन”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारीले भने, “त्यही भएर नदीजन्य पदार्थ उत्खनन र बिक्री वितरणमा रोक लगाइएको छ ।”

ठेक्का बन्दोबस्तको काम गर्न केही समय अझै लाग्ने भएकाले कार्यपालिकाको निर्णयानुसार अर्को निर्णय नभएसम्मका लागि नदीजन्य पदार्थ उत्खनन, सङ्कलन र बिक्री वितरणमा रोक लगाइएको भण्डारीले बताएका छन् । नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन, सङ्कलन र बिक्री वितरणमा रोक लगाए पनि निर्वाधरूपमा ओसारपसारको काम भने भइरहेको छ ।

 


क्याटेगोरी : पालिका समाचार, नगरपालिका

तपाईको प्रतिक्रिया