आज तेस्रो नवलपुर बालिका सम्मेलन हुँदै
मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिकामा मंगलबार तेस्रो नवलपुर बालिका सम्मेलन सुरु हुँदैछ । ‘बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ तेस्रो नवलपुर बालिका सम्मेलन–२०८० आयोजना गरिएको हो ।
बालिका तथा किशोरीहरूको समग्र विकासमा स्थानीय सरकार र सामाजिक क्षेत्रमा कार्यरत सङ्घसंस्थालाई उनीहरूको भूमिका तथा दायित्व बोध गराउन सम्मेलन आयोजना गरिएको नवलपुर किशोरी सञ्जालका अध्यक्ष विद्या ढुङ्गानाले बताए । “नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरसहित चितवन, रूपन्देही र कपिलवस्तुका किशोरी एवं सरोकारवाला एकै स्थानमा बसी किशोरीका सवाल, राम्रा अभ्यास, सुझावहरूको सङ्कलन र छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गरेका हौँ”, उनले भने ।
नेपालका बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान पु-याउन सम्मेलनमा स्थानीय तह, जिल्ला, प्रदेश र राष्ट्रियस्तरको बहुक्षेत्रीय सरोकारवालाबीच छलफल चलाइने भएको छ । सम्मेलनमा जिल्लाका आठै स्थानीय तह बाट १० देखि माथि र १९ वर्ष उमेरमुनिका बालिका तथा किशोरी प्रतिनिधिहरूको सहभागितामा विषयगत छलफल सञ्चालन गरिने अध्यक्ष ढुङ्गानाले बताए । “बालिकामा यौन तथा प्रजनन स्वास्थ्यको अधिकारको अवस्था के छ, उनीहरूले के चुनौती भोगिरहेका छन्, बालिकाका लागि प्रदेश र स्थानीय सरकारले के काम गरिरहेको छ भनेर सम्मेलनमा छलफल गर्ने छौँ”, उनले भने ।
सन् २०३० सम्ममा बालविवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै नेपालको बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान गर्न सम्मेलन आयोजना गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताए । “सन् २०३० सम्ममा बालविवाहको अन्त्य गर्ने दिगो विकासको लक्ष्य छ, तर अहिलेको अवस्थाले त्यो सम्भव छैन”, उनले भने, “त्यसका लागि प्रभावकारी रणनीति र घोषणापत्र बनाउन यो सम्मेलन जुट्नेछ ।”
नवलपुर किशोरी सञ्जाल र जागृति बाल तथा युवा सरोकार नेपालले आयोजना गरेको सम्मेलनमा जिल्लाका आठवटै स्थानीय तहसहित विभिन्न सरोकारवाला सङ्घसंस्थाहरूले सहकार्य गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा प्रथम बालिका सम्मेलन विसं २०७३ र दोस्रो बालिका सम्मेलन २०७४ मा आयोजना गरिएको थियो ।
क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया