खैरहनी नगरपालिकाले अपाङ्गमैत्री सडक बनाउँदै
चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले नगरपालिकाभित्र सडकलाई अपाङ्गमैत्री बनाउन थालेको छ । नगरपालिकाले शारीरिकरूपमा अशक्त भएकाका लागि ‘ह्विलचियर’ मैत्री फुटपाथसहित सडकको स्तरोन्नति गर्न थालेको हो ।
नगर प्रमुख शशीकुमार खनियाले खैरहनी नगरपालिकाभित्र खैरहनी चोकदेखि वाड नं १२ को कुमरोज पुग्ने सडक, चैनपुर चोक उत्तरतर्फ पुलदेखि बिन्दवासिनी चोक हुँदै शिवालय जाने सडक, सिमल टाँडी चोकबाट उत्तर दक्षिण दुवैतर्फको सडक, नगरपालिका गेटदेखि चैनपुर चोकसम्म पुग्ने सडक, मगनी चोकबाट उत्तर दक्षिण दुवैतर्फको सडक र चैनपुर चोकबाट माथि लदारी पुलसम्म जाने सडकलाई अपाङ्गमैत्री बनाउन लागेको जानकारी दिएका छन् । ती सडकलाई नगर गौरवका योजनामा समावेश गरेर अपाङ्गमैत्री बनाउन लागेको उनले बताए ।
नगर प्रमुख खनियानका अनुसार नगरपालिकाको क्षेत्रभित्र पर्ने आठ मिटरसम्मको सडकमा सकेसम्म सबै ठाउँमा अपाङ्गमैत्री सडक निर्माण गर्ने नगरपालिकाको योजना रहेको छ ।
पेटीको बीचमा आँखा नदेख्ने व्यक्तिले लट्ठी टेकेर हिँड्न मिल्ने ट्र्याक हुनुपर्ने सडकको मापदण्ड रहेको छ । धेरैजसो स्थानीय सडकमा फुटपाथ नै नहुने फुटपाथ भएका ठाउँमा पनि रुखसँगै पसल, पार्किङ, सामग्री थुपार्ने गरेकाले पैदलयात्रुलाई हिँड्न समस्या हुने गरेको छ ।
खैरहनी नगरपालिकाकी उपप्रमुख कविता उप्रेतीले अपाङ्गमैत्री पैदलमार्ग निर्माणसँगै सडकको सौन्दर्यसमेत वृद्धि हुँदै गएको र यसबाट दुर्घटनामा समेत कमी आउने अपेक्षा गरिएको बताइन् । उनले पैदल मार्गको निर्माणले पैदलयात्री निर्धक्कसँग हिँड्न पाउने, बालबालिका र अपाङ्गसमेत थप सुरक्षित हुने वातावरण बन्ने बताइन् । अपाङ्गमैत्री सडक निर्माणको लागि आव २०८०/८१ मा रु. नौ करोड बजेट विनियोजन भई निर्माण भइरहेको नगरपालिकाले जनाएको छ ।
क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ताजा अपडेट
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
- विराटनगरको कवाडी पसलको आगलागीबाट तीनको मृत्यु, तीन जनाको उपचार हुँदै
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया