पुराना सम्पदाको संरक्षण, पोखरीको उत्खनन
गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले नगरपालिकाभित्रका पुराना सम्पदाको संरक्षणका लागि मौलिकस्वरुप नविग्रने गरी पुनःनिर्माण तथा उत्खननको काम सुरु गरेको छ । नगरपालिका – ७ भित्रका धार्मिक तथा ऐतिहासिक मठमन्दिर, चौतारी पोखरी र अन्य ऐतिहासिकस्थलको पुनःनिर्माण तथा संरक्षणको काम सुरु भएको छ ।
यसै क्रममा नगरपालिका–७ भित्रका सयवर्ष पुराना पोखरी उत्खनन गरी पुनः निर्माणको काम अघि बढाइएको वडाअध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए । मङ्गलाघाटस्थित म्याग्दी नदी माथिको तीन सय ३४ वर्ष पुरानो झोलुङ्गे पुलको पुनः मर्मतलगायत धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग सम्बन्धित वरपिपल, चौतारी र पोखरी संरक्षण तथा मर्मत सम्भारलाई नगरपालिकाले अभियान सञ्चालन गरेका बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले राससलाई जानकारी दिए ।
वडा कार्यालयले बेनी–महारानी सडकखण्ड अन्तर्गतको पुरानो पोखरी संरक्षणका लागि चालु आवमा रु. पाँच लाख बजेट विनियोजन गरेर संरक्षणको काम थालेको वडाअध्यक्ष रमेश श्रेष्ठले बताए । “पोखरी आसपासमा मर्मतकार्य जारी छ, चौतारी र पोखरीमा घुम्न मिल्ने गरी पूर्वाधार बनाउँछौँ”, वडा अध्यक्ष श्रेष्ठले भने । पोखरी आसपास क्षेत्रमा तारजाली संरक्षण गरी बस्न मिल्ने संरचना र पोखरीमा पानी जम्मा गरिनेछ ।
नगरपालिका–६ का वडाअध्यक्ष कृष्णबहादुर बानियाँले आफ्नो वडाभित्रका ऐतिहासिक, प्राकृतिक र धार्मिक महत्वका सम्पदाको संरक्षण अभियान नै सुरु गरेका छन् । हालसम्म २० वटा पुराना चौतारीको पुनःनिर्माण, सातवटा नयाँ चौतारी निर्माण, पानीका मुलको संरक्षण, पोखरी पुनःनिर्माण गरिसकिएको उनले जानकारी दिए ।
क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया