Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकाप्राथमिकताका आधारमा योजना कार्यान्वयन गर्दै गुल्मी दरबार

प्राथमिकताका आधारमा योजना कार्यान्वयन गर्दै गुल्मी दरबार


बुटवल । गुल्मीको गुल्मी दरबार गाउँपालिकाले प्राथमिकताका आधारमा योजना कार्यान्वयन गर्दै निर्धारित समयमै सम्पन्न गर्ने रणनीतिमा लिएको छ । पालिकाले योजना छनोट गर्दा नै आवश्यकताका आधारमा छनोट गरेकोले सोहीअनुसार कार्यान्वयनमा लाने गरिएको गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले जानकारी दिए ।

अध्यक्ष थापाले पालिकामा हालसम्म एक घर एक धारा कार्यक्रमअन्तर्गत ९५ प्रतिशतको हाराहारीमा स्वच्छ पिउने पानीको व्यवस्था मिलाएको बताए । योसँगै गाउँपालिकामा देखिएको पानीको समस्या पूर्णरूपमा समाधान हुने अवस्थामा रहेको उनले जानकारी दिए । यस्तै, कृषिमा समेत आत्मनिर्भर भई निर्यात गर्ने अवस्थामा पुगेको उनले बताए । गाउँपालिकाले गर्भवती महिला, विपन्न परिवारका विरामीहरूलाई निःशुल्क एम्बुलेन्स, न्यूनतम विद्युत् खपतमा गर्ने सेवाग्राहीका लागि निःशुल्क विद्युत्, मोतियाविन्दुका बिरामीका निःशुल्क अप्रेसन, विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमालगायतको व्यवस्था गरेको छ । यसैगरी कृषकलाई विशेष अनुदान, कृषि उद्यमशीलताको लागि आवश्यक तालिम, प्रविधिमैत्री कृषि प्रणालीमा जोड, दूध र तरकारीमा अनुदान, भूमि बैंकको स्थापना लगायका कार्य गर्दै आएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले गाउँपालिकाले सीमित स्रोत र साधनका बाबजुत पनि स्थानीयको अधिकतम समस्याहरू समाधान गर्ने गरेको बताए । चालू आर्थिक वर्षको छ महिना सकिन लाग्दा पुँजीगत खर्चको अवस्था सामान्य देखिए पनि बहुवर्षीय योजनाबाहेक अन्य योजना समय अगावै सम्पन्न हुनेगरी कार्य अगाडि बढाएको उनले जानकारी दिए । संघीय र प्रदेश सरकारले स्थानीय तहलाई राजस्व बाँडफाँटबाट प्राप्त हुने तथा वित्तीय अनुदानमार्फत दिनुपर्ने रकम समयमै दिन नसकेको गुनासो गर्दै उनले स्थानीय तहको विकासका लागि संघ र प्रदेश सरकार गम्भीर हुनुपर्ने बताए ।


क्याटेगोरी : गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया