Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिअदालतको फैसला नहुँदै आम माफी !

अदालतको फैसला नहुँदै आम माफी !


काठमाडौं,सरकारले अदालतमा विचाराधीन मु्द्दालाई राष्ट्रपति मार्फत आम माफी दिएर कानुनी राज्यको उपहास गरेको छ । सरकारले निर्वाचन खर्चको विवरण नबुझाउने स्थानीय तहको गत निर्वाचनका उम्मेदवारहरुलाई गरेको जरीवाना सरकारले प्रजातन्त्र दिवससको दुरुपयोग गरेर राष्ट्रपति मार्फत मिनाहा गरेको छ ।

त्यसैगरी थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई आममाफी दिएको छ । उनी ट्रयाक्टर आगजनीको मुद्दामा अदालतको आदेशमा पक्राउ परी थुनामा रहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रजातन्त्र दिवसको अवसरमा ३९५ जना कैदीलाई आममाफी दिएकी हुन् । अदालतबाट मुद्दा किनारा लागेर कैद भोगिरहेका व्याक्तिलाई माफिदिने प्रजातान्त्रिक शासन प्रणालीकै परम्परा हो । तर सरकारले प्रजातन्त्रै दिवसको दुरुपयोग गरेर अदालतमा मुद्दा विचाराधीन रहेका ब्याक्तिहरुलाई आममाफी दिएर प्रजातन्त्रर्क उपहास गरेको छ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया