Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिराष्ट्रपति उम्मेदवारबारे छलफल गर्न माओवादी बैठक बस्दै

राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न माओवादी बैठक बस्दै


काठमाडौं । सत्तारुढदल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा आज अपराह्न ४ः३० बजे बस्ने बैठकमा राष्ट्रपति निर्वाचनका सम्बन्धमा छलफल हुने स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले जानकारी दिए ।

बैठकमा राष्ट्रपति निर्वाचनको विषयमा छलफल हुनेछ । साथै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्म भइरहेका छलफलको जानकारी गराउने उनले बताए । राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने दिन नजिकिँदै जाँदा सत्ता गठबन्धनमा खटपट बढ्दै गएको छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस माओवादीलाई फकाएर नयाँ समीकरणको प्रयासमा जुटेको छ ।

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिनुपर्ने बताउँदै आइरहेको छ । नेकपा एमालेले भने पूर्वसहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने अडान लिँदै आएको छ । कांग्रेसले गरेको आग्रह र राष्ट्रपतिको विषयमा माओवादीले आजको पदाधिकारी बैठकमा छलफल गर्न लागेको हो । यही फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि मनोनयन तोकिएको छ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया