Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशस्वदेशी उत्पादनमा अन्त:शुल्क लगाउँदा विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न कठिन

स्वदेशी उत्पादनमा अन्त:शुल्क लगाउँदा विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न कठिन


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले सरकारले राजस्व संकलन गर्ने नाममा धेरै स्वदेशी उत्पादनहरूमा अन्तःशुल्क लगाइदिँदा आयातीत वस्तुसँग प्रतिस्पर्धा गर्न कठिन भएको जनाएको छ ।

राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीलाई महासंघ कोशीको सुझाव पेस गर्दै अध्यक्ष राजेन्द्र राउतले मूल्य अभिवृद्धि कर लागू भइसकेको सन्दर्भमा हरेक वर्ष राजस्व संकलन गर्ने नाममा स्वदेशका धेरै उत्पादनहरूमा अन्तःशुल्क लगाउन नहुने बताए । उनले आन्तरिक राजस्व कार्यालयलाई करको लक्ष्य दिएर काम गर्दा लक्ष्य पूरा गर्ने नाममा करदातालाई अनावश्यक भार आउने गरेकाले यसमा सुधार गर्नुपर्नेमा जोड दिए । हाल औद्योगिक उत्पादन ६० प्रतिशतमा झरेको र आयातमुखी कारोबार झन्–झन् बढेको महासंघले जनाएको छ । यस्तै, अनौपचारिक कारोबार बढिरहेकाले सरकारको राजस्व वृद्धि हुन कठिनाइ भएकाले यसमा कडाइ गर्नुपर्नेमा पनि महासंघले जोड दिएको छ ।

कारोबारको नियमन गर्ने निकायहरू धेरै नै भएकाले व्यावसायीहरू समस्यामा परेको महासंघको आरोप छ । पछिल्लो समय महालेखा परीक्षकले समेत व्यवसायीहरूलाई झमेलामा पारेको महासंघको भनाइ छ । यस्तै, महासंघले घरेलु तथा साना व्यवसायीहरूको विकास हुने गरी कर नीति ल्याइनुपर्ने, आन्तरिक राजस्व कार्यालयबाट पटक–पटक एउटै करदातालाई फुल अडिटमा पार्ने गरेकामा सुधार हुनुपर्ने, प्रशासकीय पुनरावलोकन र राजस्व न्यायाधीकरणमा चित्त नबुझी धरौटी राख्नुपर्ने हालको ५० प्रतिशतलाई घटाई १० प्रतिशत गरिनुपर्ने सुझाव दिएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश

तपाईको प्रतिक्रिया