Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारखरको छानामा आगलागीहुँदा दुई नाबालकको मृत्यु

खरको छानामा आगलागीहुँदा दुई नाबालकको मृत्यु


अछाम । अछाम मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा दुई जना नाबालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोले स्याउला समेत जलेपछि सोही आगोमा परी ती नाबालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले स्थानीय दीपक बोहराको छोरी अन्दाजी आठ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी छ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको जानकारी दिए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, सुदूरपश्चिम प्रदेश

तपाईको प्रतिक्रिया