Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगाउँमा इन्डक्सन चुलोको प्रयोग बढ्दो

गाउँमा इन्डक्सन चुलोको प्रयोग बढ्दो


दोलखा । पछिल्लो समय सहर बजारसँगै गाउँघरमा पनि विद्युतीय (इन्डक्सन) चुलोको प्रयोगमा वृद्धि हुँदै गएको छ । ग्यास तथा दाउरा प्रयोग हुने चुलोबाट भन्दा विद्युतीय चुलोबाट समयको बचतसँगै खर्च पनि कम र वातावरण संरक्षणमा समेत सहयोग पुग्ने हुँदा ग्रामीण गाउँबस्तीमा यसको प्रयोग वृद्धि हुँदै हो ।

जिल्लाको वैतेश्वर गाउँपालिकामा एक वर्षको अवधिमा पाँच सय बढी घरधुरीले विद्युतीय इन्डक्सन चुलो जोडेका छन् । ग्रामीण क्षेत्रमा ऊर्जा तथा वातावरणीय विकाससँगै विद्युतीय चुलो प्रवद्र्धन गर्दै आएको गैरसरकारी संस्था पीडाले यस क्षेत्रमा विद्युतीय चुलो प्रयोगको लागि समन्वय गर्ने गरेको छ । उक्त संस्थाको सहयोगमा गाउँपालिकाभित्रका वडा नम्बर–१,२,३ का दुई सय ७० घरपरिवार र वडा नम्बर–६ र ७ का दुई सय ३० घरधुरीलाई विद्युतीय इन्डक्सन चुलो वितरण गरिएको संस्थाका कार्यक्रम संयोजक गौरव हमालले बताए । पीडाले स्थानीयलाई ५५ प्रतिशत अनुदान सहयोगमा चुलो वितरण गरेको हो । करिब १० हजार मूल्य पर्ने इन्डक्सन चुलो स्थानीय घरधुरीबाट पीडाले चार हजार पाँच सय रुपैयाँ मात्रै लिएर वितरण गर्ने गरेको छ । सिलिन्डर ग्यासभन्दा इन्डक्सन ६० प्रतिशत सस्तो हुने उनले जानकारी दिए ।

पीडाले वैतेश्वरका सबै वडामा इन्डक्सन चुलोको प्रयोगलाई बिस्तार गर्दै लैजाने उद्देश्यसहित थप चार सय घरधुरीमा चुलो जोड्ने तयारी थालेको छ । वैतेश्वरमा करिब छ हजार घरधुरी रहेका छन् । पीडाले पञ्चवर्षीय ऊर्जासम्बन्धी योजना बनाएर वैतेश्वरमा ऊर्जा उपसमिति समेत गठन गरेको छ ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x