प्रदेश १ को नाम ‘कोशी’
काठमाडौें, बुधबारदेखि सातवटै प्रदेशले नाम पाएका छन् । बुधबार प्रदेश नम्बर १ ले ‘कोशी’ नाम पाएसँगै सातवटै प्रदेशले नाम पाएका हुन् । यसअघि प्रदेश संसद्को पहिलो बैठकबाट छवटा प्रदेशले नाम रखेका थिए ।
प्रदेशसभाका अन्तिमतिर प्रदेश नम्बर २ ले मधेश प्रदेश नाम पाएको थियो । प्रदेश नम्बर १ को नाम कोशी राख्न प्रमुख दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी सहमत भएपछि नाम राख्न सहज भएको हो । माओवादीले जातीय रुपमा नाम राख्ने भनेर जनतालाई उचाल्ने गरे पनि कुनै पनि प्रदेशको नाम जातका आधारमा राख्न पछिल्लो समयमा रुचि देखाएको थिएन । त्यही कारण सहज रुपमा जातविनाको नाम राख्न एमाले र कांग्रेस सफल भएका हुन् ।
प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको दुई महिनामै प्रदेश नम्बर एकले कोशी प्रदेश नाम पाएको हो । बुधबार प्रदेशमा भएको निर्वाचनमा प्रदेश नम्बर १ को नाम कोशी राख्ने पक्षमा ८२ मत परेको थियो । विपक्षमा चार मत परेको थियो । ९३ सदस्यीय प्रदेशसभामा मतदानको बेला ८७ सांसद मात्र उपस्थित थिए । जसपाकी सांसद निर्मला लिम्बू र राप्रपाकी सांसद सविना बजगाईँले भने ढिला भएको कारण मतदानमा भाग लिन पाएनन् ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 1
ताजा अपडेट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया