Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेस प्रदेशमा ‘मधेशी शहीद मार्ग’ निर्माण हुने

मधेस प्रदेशमा ‘मधेशी शहीद मार्ग’ निर्माण हुने


जनकपुरधाम । चालु आर्थिक वर्षमा ठेक्का टेन्डर गर्ने गरी मधेस प्रदेश सरकारले मधेशी शहीद मार्ग निर्माणको प्रक्रिया अगाडि बढाएको छ । भौतिक पुर्वाधार विकास मन्त्री सरोजकुमार यादवले प्रदेश सरकारले करिब ३१० किलोमिटरको मधेशी शहीद मार्ग निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

उक्त मार्ग निर्माण भएपछि महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग बीचको ग्रामिण क्षेत्रमा पनि सडक संजालको विकासका साथै शहरीकरण हुने उनले बताए । सप्तरीदेखि पर्सासम्मको बिचको भू–भागलाई जोड्नेगरि मधेशी शहीद मार्ग निर्माण गरिने उनको भनाई छ ।

मन्त्रालयका सचिव कृष्णकुमार मिश्रले विगत दुई आर्थिक वर्षदेखि मधेशी शहीद लोकमार्ग निर्माणको कार्यक्रम स्वीकृत भएपनि कार्यान्वयन ल्याउन नसकेको उल्लेख गरे । यस लोकमार्गको अलाइनमेन्ट सलेक्शनका लागि ईओआई ईबिडिङ्गबाट सुचना प्रवाह गरी कन्सलटेन्ट हायर गरेर तिनवटा अलाइनमेन्ट बनाउन लगाइएको र तिनवटा मध्ये इकोनोमिक, छोटो र सिधा अलाइनमेन्ट कार्यान्वयनका लागि मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भई मन्त्रीपरिषद्मा लग्ने तयारी भइसकेको उनले जानकारी दिए ।

हुलाकी राजमार्ग र महेन्द्र राजमार्गको बिचबाट एउटा डबल लेनको बाटो निर्माण गर्नका लागि मधेशी शहीद मार्गको परिकल्पना गरिएको र यसको डिपिआर बन्ने कामको शुरुवात समेत हुने उनले बताए । यस लोकमार्गको डीपिआर निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । ३१० किलोमिटरको यस लोकमार्ग निर्माणको कामलाई चार प्याकेजमा विभाजित गरिएको छ । जसअन्तर्गत सप्तरीदेखि सिरहासम्मको एउटा प्याकेज, सिरहादेखि धनुषासम्मको दोस्रो, सर्लाहीदेखि रौतहटसम्मको तेस्रो र बारादेखि पर्सासम्मको चौथो प्याकेज रहने छ । यस लोकमार्गअन्तर्गत विभिन्न रुट गरी सप्तरीमा ६४, सिरहामा ४६, धनुषामा ३० र महोत्तरीमा २३ किलोमिटर कालोपत्रे सडक बन्ने उनले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया