Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकर्णाली प्रदेशजलवायु परिवर्तनको असर कम गर्न कर्णाली सरकारले अभियान चलाउने

जलवायु परिवर्तनको असर कम गर्न कर्णाली सरकारले अभियान चलाउने


सुर्खेत/भेरीगंगा । जलवायु परिवर्तनबाट हुने असर न्यूनिकरण गर्न कर्णाली प्रदेश सरकारले अभियान सञ्चालन गर्ने भएको छ । यो अभियानलाई देशव्यापी बनाउने गरी कर्णालीबाट प्रमुख मुद्दा बनाउने योजनामा प्रदेश सरकार छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने गरी योजना निर्माण गर्ने प्रदेश सरकारको तयारी छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले जलवायु परिवर्तनको असर न्यूनीकरणका गर्न प्रदेशभर नै अभियान सञ्चालन गरिने बताएका हुन् ।

मन्त्री विसीले भने, “अहिले विश्वले नै भोगिरहेको जलवायु परिवर्तनको असरबाट हामी पनि प्रभावित छौँ । यससँग रहेर पनि काम गर्नुपर्ने छ, हाम्रा हिमालमा हिउँ पर्न छोड्यो, पानीका मुहान सुक्न थाले, जलचर संकटमा छन् । त्यसैले यस विषयमा पनि विज्ञसँगको छलफल थालिएको छ । आगामी नीति तथा कार्यक्रममा यो विषयलाई प्राथमिकतामा राखिनेछ ।”


क्याटेगोरी : प्रदेश समाचार, कर्णाली प्रदेश

तपाईको प्रतिक्रिया