Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशस्वास्थ्य क्षेत्रमा धेरै सुधारको आवश्यक छ : स्वास्थ्यमन्त्री मेन्याङ्बो

स्वास्थ्य क्षेत्रमा धेरै सुधारको आवश्यक छ : स्वास्थ्यमन्त्री मेन्याङ्बो


विराटनगर । कोशी प्रदेशका स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोले स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नुपर्ने बताएका छन् । स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा बिहीबार आयोजित ‘स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागि स्वास्थ्य प्रवर्द्धन सेवासम्बन्धी बहस पैरवी’ कार्यक्रमको उद्घाटन गर्दै उनले स्वास्थ्य संस्थाबाट आम नागरिकले जुन रुपले सेवा सुविधान पाउने हो त्यो रुपमा पाउन सकेका छैनन् भने ।

उनले स्वास्थ्य केन्द्रमा आवश्यकता अनुसारको दरबन्दी नहुनु र भएका दरबन्दीमा चिकित्सक जान नमान्ने आफैमा विडम्बना हो भन्दै सरकारले यस्ता कुरालाई सुधार गरेर छाड्ने राससलाई बताए । कोशी प्रदेश स्वास्थ्य सचिव सुधा देवकोटाले सञ्चारकर्मीको सूचना र समाचारबाट आम नागरिक सुसूचित हुने भएकाले समाचारमा विशेष ध्यान दिनुपर्ने बताए । उनले हरेक क्षेत्रको कमी कमजोरी औँल्याउने सञ्चारकर्मीको मेहनत र प्रयासबाट नै धेरै रोग नियन्त्रण गर्न सरकारलाई सफलता मिलेको चर्चा गरे ।

स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले सरकारले सञ्चालन गरेको विभिन्न अभियान एवं कार्यक्रमलाई आम नागरिकको तहमा पु¥याउन सञ्चारकर्मीको भूमिका अग्रणी छ भने । कार्यक्रममा विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेदर अली, संवाद समूह कोशी प्रदेशको तर्फबाट सुमन सुस्केरा र उद्धव भेटवालले आआफ्ना कार्यपत्र प्रस्तुत गरेको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष लीलाबल्लभ घिमिरेले सञ्चारकर्मी र स्वास्थ्यकर्मीको बीचको सम्बन्धम बारेमा चर्चा गरेका थिए ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश

तपाईको प्रतिक्रिया